arrow

बस्दै कांग्रेस केन्द्रीय समिति बैठक, यी हुन् एजेन्डा

logo
प्रकाशित २०७६ असार २२ आइतबार
congress-office.jpg.gif

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आइतबार बस्दैछ ।     
     
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।     
     
त्यस्तै बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

प्रवक्ता विश्वप्रकाश शर्माले बैठक केही दिन लम्बिने बताएका छन् । उनका अनुसार केन्द्रीय सदस्यहरुले आफ्नो भनाइ राख्ने क्रम कम्तीमा ४–५ दिनसम्म चल्नेछ । 

कांग्रेसको केन्द्रीय समिति बैठकमा के होला ? होला त महाधिवेशनको मिति तय ?

संस्थापन इतरको प्रतिवादको तयारी पछि व्याक भए देउवा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ