arrow

बुद्धवीर लामा गीतिमय साँझको रौनक

logo
प्रकाशित २०७६ असार २२ आइतबार
buddhas.jpg

काठमाडौं। ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’ काठमाडौंमा भव्य रुपले सम्पन्न भएको छ । शनिबार आयोजित सो कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।

वरिष्ठ गीतकार बुद्धवीर लामाले बर्सेनि आयोजना गर्दै आएका ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रष्टाहरुलाई भब्य समारोहबीच सम्मान प्रदान गरिएको हो।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गीतकार बुद्धवीर लामा लगायतलले विभिन्न ब्यक्तिहरुलाई दोसल्ला, माला लगाएर सम्मान पत्र प्रदान गरे । समान्नित हुनेहरुमा ‘नेपाली संगीत विशिष्ट सम्मान–२०७६’ बाट मनोजकुमार राई सम्मानित भए । उनलाई बाजागाजासहित स्टेजमा लगेर सम्मान गरियो । राई मानव धर्म युएसए शाखाका सेवादलका संयोजक समेत हुन् ।

त्यसैगरी विशिष्ठ राष्ट्रिय सम्मानबाट ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, बरिष्ठ संगीत साधक मधुकर लोहनी, गायक तथा संगीतकार किरण मोक्तानका साथै निर्माण व्यवसायी तथा अग्रणी समाजसेवी इलामका दीपक गौतमलाई समेत राष्ट्रिय सम्मान गरियो ।

इलामकै डम्बर खड्का लगायतलाई समेत सम्मान प्रदान गरिएको थियो । इलाममा जन्मेका कर्मयोद्धा सम्मानबाट कुनाल राई, सिद्धी गिरी, ईन्द्र गुरुङलाई पनि विशेष सम्मान प्रदान गरियो । वरिष्ठ गीतकार बुद्धवीर लामा समेत इलामकै स्रष्टा हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ