arrow

सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा भेटिए

logo
प्रकाशित २०७६ असार २२ आइतबार
gufa.jpg

रुकुम (पूर्व) । रुकुम (पूर्व) मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका– १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझैँ देखिने तीन ठूला गुफा भेटिएका छन् ।

 गुफा भेटिएपछि त्याहाँका स्थानीय सबै मिलेर ती गुफाहरुको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ ।

त्यसैको नजिकै अर्को गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ । त्यसैगरी अर्को गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ