arrow

बोक्सी प्रथालाई मान्यतादिने विष्णु रिमालको 'छौंडा'बारे संसदमा कमालको कटारो 

logo
प्रकाशित २०७६ असार २२ आइतबार
atahar-kamal.jpg

काठमाडौं । बोक्सी प्रथालाई वैधानिकता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आईतबार बिहानै एउटा ट्वीट गरे । त्यो ट्वीटमा उनले एउटा विवादित शब्द प्रयोग गरे, त्यो शब्द हो, छौंडा । उनले लेखेको ट्वीट यस्तो थियो 'भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्,  दुस्ख दिन्छन्, यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?' 

यो विषयले संसदमा समेत प्रवेश पाएको छ । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै काँग्रेस सांसद अतहर कमाल मुसलमानले पटक पटक छौंडा शब्दको प्रयोग गरे । नेपाली बृहद् शब्दकोशका अनुसार छौंडा शब्दको अर्थ हुन्छ बालक; शिशु; बच्चो, छोरो, दासपुत्र, लोकधारणाअनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पीरपिराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो । नेपाली समाजमा छौंडाको अर्थ अरु नभई बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पीरपिराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालोलाई नै चिन्ने गरिन्छ । 

बोक्सी प्रथालाई पूर्ण रुपमा अन्त्य गरिसकेको मुलुकमा कम्युनिष्ट भनेर आफूलाई चिनाउने रिमालले आईतबार विहानै छौंडा भन्ने शब्द प्रयोग गरेर एउटा ट्वीट गरेपछि उनको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । संसदमा बोल्नको लागि यो शब्द असंसदीय हुन सक्थ्यो । तर, प्रधानमन्त्रीका सल्लाहकारले नै दिएको यस्तो अभिव्यक्तिका कारण संसदमा सत्तापक्षीय सांसदहरु कसैले पनि कमालको विरोध गरेनन् । 

सांसद कमालले यो कसैको 'ट्वीटको भनाई हो भन्दै संसदमा सुरुमा नै विदेशी वा स्वदेशीहरुले देशमा आम छौडाहरु छोडिरहेका छन् ।  त्यही छौंडाहरु देशमा चलायमान हुँदा राष्ट्रवादको मास्क लगाएको सरकारले देशमा विदेशी प्रभुको इसारामा आईफा अवार्डको आयोजना गर्न लागेको अवस्था देखिन्छ । त्यही छौंडाहरु अझै सक्रिय हुँदा विभिन्न देशहरुबाट आयात गरिएका विभिन्न विषादी युक्त तरकारीहरु विना कुनै परीक्षण नेपाल भित्रिँदा नेपालीहरु विषादी युक्त तरकारीहरु खान बाध्य भएका छन् । यसरी जनताको स्वास्थ्य अवस्थामा खेलवाड गर्ने धर्म संस्कृतिमा प्रहार गर्ने र विदेशीको इसारामा राष्ट्रवादको नयाँ बहस सुरु गर्ने ती छौंडाहरु कहाँ कसरी चलायमान छन् र ती छौंडाहरु को कसबाट सञ्चालित छन् ?' भन्दै प्रश्न गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ