arrow

पाकिस्तानी आतंकवादी संगठनलाई अफगानिस्तानमा तालिम

logo
प्रकाशित २०७६ असार २२ आइतबार
terrorist2.jpg

काठमाडौं। अफगानिस्तानको काबुल र खण्डहरमा रहेको भारतको कूटनीतिक मिसन तथा कार्यालयले पाकिस्तानी आतंकवादी संगठनलाई अफगानिस्तानमा तालिम दिइरहेको बताएको छ। 

भारतीय कूटनीतिक कार्यालयका अनुसार भारतले पाकिस्तानको बालाकोटस्थित आतंकवादी संगठनमाथि आक्रमण गरेसँगै जैश ई–मोहम्मद र लश्कर-ई-तालिबाजस्ता संगठन अफगानिस्तान पुगेको भारतीय सञ्चार माध्याम हिन्दूस्तान टाईमस्ले जनाएको छ। तर, पाकिस्तानले भने बालाकोटमा आक्रमण भएको अस्वीकार गर्दै आएको छ। 

भारतीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार पाकिस्तानमा रहेका आतंकवादी संगठन उक्त घटनापछि तालिबानसँग हात मिलाउँदै अफगानिस्तान पुगेका हुन्। टाईमस्का अनुसार भारतले त्यसपछि आतंकवादी संगठनविरुद्ध कुनै प्रभावकारी कदम नचालेको कारण उनीहरु तालिका लागि अफगानिस्तान पुगेका हुन्। पाकिस्तानमा ५ ओटा आतंकवादी संगठन रहेको भारतले आरोप लगाउँदै आएको छ। 

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानलाई आतंकवाद र अवैध कारोबार रोक्न नसकेको भन्दै खैरो सूचीमा राख्दै आएको छ। भारत अहिले अफगानिस्तानसँगको सम्बन्ध विस्तारको क्रममा छ। यस्तोमा भारतीय राजदूतावासका साथै अन्य कूटनीतिक कार्यालयमा आक्रमण हुनसक्ने चेतावनी दिइएको छ। साथै खण्डहरमा रहेको भारतीय दूतको कार्यालयमा आक्रमण हुनसक्ने चेतावनी दिइएको छ। 

भारतीय कार्यालयमा आक्रमणका लागि उल्लेख्य संख्यामा पाकिस्तानबाट अफगानिस्तान आइपुगेको बताइएको छ। प्रतिवेदनमा तालिबानले जैश-ई-मोहम्मदका नेता मासुद अजहरलाई पनि सुरक्षा दिने प्रस्ताव गरेको थियो। गत जनवरीमा अफगानिस्तानमा दुई जैश-ई-मोहम्मदका लडाकु पक्राउ परेका थिए। पछिल्लो अमेरिकाको प्रतिवेदनले पनि लश्कर-ई-तालिबाका ३०० भन्दा बढी लडाकु अफगानिस्तान पुगेको देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ