arrow

सेमिफाइनलबाटै घर फर्किए थापा, पूर्व जाने तयारी

logo
प्रकाशित २०७६ असार २२ आइतबार
kamal-thapa.JPG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटानको सप्ताहब्यापी भ्रमण सम्पन्न गरि आइतबार  अपरान्ह स्वदेश फर्किएका छन् ।

 गत असार १६ गते भुटान प्रस्थान गरेका थापा भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको "५औं भारत-भुटान मैत्री टेनिस प्रतियोगिता"मा सहभागि भएका थिए ।

 प्रतियोगिताको सेमिफाइनल सम्म पुगेका थापा ४५ प्लस उमेर समुहको भेट्रान्स सेमिफाईनलमा भारत मणिपुरका तोलेश्वर थोङनाम संग २-६, ६-३ र १०-५(सुपर टाईब्रेक) मा पराजय बेहोरेका थिए ।

 स्वदेश फिर्तीको केही दिनमै अध्यक्ष थापा पार्टी संगठनको क्रममा पुर्बाञ्चल क्षेत्रको भ्रमणमा जाने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ