arrow

ट्रम्प 'ओभर स्मार्ट' हुदा बिग्रियो भाषण

हवाईजहाज नबनेको १८१२मै हवाइ अड्डा कब्जा गरेको गलत दलिल पेश

logo
प्रकाशित २०७६ असार २२ आइतबार
trump13.jpg

काठमाडौं । अमेरिकाको स्वतन्त्रताको दिवसमा ट्रम्पले गरेको एक भाषणमा धेरै गलत तथ्य बोलेका छन् । लिखित भाषण पढ्ने क्रममा गल्ती बोलिने घटना निकै कम हुने गरेको छ ।

४ जुलाईमा दिएको भाषणको क्रममा उनले स्वतन्त्रताको युद्धदेखि आधुनिक कालसम्म शासन गरेको उल्लेख गरेका थिए । युद्धको विषयमा बोल्दै उनले सन् १८१२ को युद्धमा जर्ज वाशिङ्टनको सेनाले हवाई अड्डामा कब्जा जमाएको बताएका थिए । जबकी त्यतिबेला हवाई जहाज नै बनेको थिएन ।

शुक्रवार उनले भाषण पढिरहेको अवस्थामा टेलिप्रम्प्टर बन्द भएको थियो । उनले आफूलाई भाषणमा के छ भन्ने कुरा थाहा भएकोले टेलिप्रम्प्टर विना नै पढ्नसक्ने बताएका थिए । तर, ह्वाइट हाउसले उनका लागि तयार गरिएको भाषणको पाठ जारी गरेको थिएन ।

जसको कारण उनलाई के बोल्नुपर्छ भन्ने कुरा थाहा हुन सकेन । यसकारण अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा दिइएको भाषणमा उनले गलत तथ्य राख्न पुगेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ