arrow

विष्णु रिमालको छौंडामाथि झाँक्रीको आक्रमण 

logo
प्रकाशित २०७६ असार २३ सोमबार
jhakri.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल आलोचनाका पात्र बन्न थालेको धेरै भएको छ । 

उनले गर्ने व्यवहार र बोल्ने बोलीले सबैभन्दा बढी ओली इतरका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुलाई बिझ्ने गरेको छ । 

पछिल्लो उनको सामाजिक संजाल ट्वीटरमा ट्वीट गरेको विचार पनि त्यत्तिकै तीतो रह्यो । 

आफ्नो आलोचना सुन्न नसक्ने आरोप व्यहोर्दै आएका रिमालले आइतवार बिहानै एक ट्वीट गर्दै ‘छौंडा’ प्रहार गरेका थिए । 

उनको ट्वीट यस्तो छ –

‘भनिन्छ, छौडाहरु आफैं चलमलाउँदैनन्,

कसैले छोड्छन्,

दुःख दिन्छन् !

यी छौंडाहरु आफैं चल्मलाएका हुन् कि 

कसैले छोडेका ?’

यिनका छौंडाहरु को हुन् ? स्पष्ट छैन । तर केपी ओली सरकारको आलोचना सबैभन्दा बढी नेकपाकै ओली इतरका नेताहरुबाट भइरहेको छ । त्यही स्थितिमाथि आक्रमण गरेको बुझेर ओली इतरका नेताहरु अझ बढी रुष्ट भएका छन् ओलीसंग । 

सामाजिक संजालमा उनको तीखो आलोचना भएको छ । विरलैले मात्र यो शब्दबाणप्रति राम्रो प्रहार भनेका छन् । 

तर सामाजिक संजालमै ओलचनाको पात्र बन्ने गरेकी नेकपाकै नेतृ रामकुमारी झाँक्रीले गरेको कमेन्टले भने नेकपाभित्रको आरोप प्रत्यारोपको रुप देखिएको छ । 

उनले लेखेकी छिन्, –‘राज्यसत्ताको केन्द्रमा रहेका ब्यक्तिको रूपमा यो उत्कृष्ठ ट्वीट हो। यो ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना हो । सत्ता कसरी कता जादैछ ? अनुमान लगाउन लोकलाई गार्हो पर्ने छैन अब । धेरै पहिले एउटा लोककथा पढेको थिएँ– त एम्पेरर्स न्यू क्लोथेज ।आज संझदैछु, सत्ता र उन्माद कस्तो हुन्छ भनेर ?’

रिमालको ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना रहेको सांसद झाँक्रीले आफ्नो ट्वीटमा उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘सत्ता कसरी कता जाँदैछ ? अनुमान लगाउन लोकलाई गाह्रो पर्ने छैन अब ।’

झाँक्रीले रिमालको छौंडापनमात्र हैन यही मार्फत ओली सरकार र ओलीको संस्कारलाई पनि नराम्रैसंंग प्रहार गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ