arrow

तालिबान लडाकूको नियन्त्रणमा रहेका ४० प्रहरी मुक्त

logo
प्रकाशित २०७६ असार २३ सोमबार
taleban.jpg

अफगानिस्तान । फगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिबान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन् ।

ती सुरक्षाकर्मीलाई नियन्त्रणमुक्त गर्ने तयारी उनीहरुले बिहान गरेको र अहिले मुक्त भएपछि उक्त क्षेत्रको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका छन् ।

उत्तरी सो प्रान्त जवाजानमा तालिबानहरुले नियन्त्रणमा राखेका ती सुरक्षाकर्मीहरुलाई नियन्त्रणमुक्त गर्नेगरी तयारी गरिएको जानकारी दिइएको थियो । मुक्त गरिएकामा सबैजना प्रहरी रहेका उक्त प्रान्तका प्रान्तीय सैन्य प्रवक्ता अब्दुल हादी जमाले बताए।

गएको दुई हप्तायता अफगानिस्तानका तालिबानहरुले आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मी नियन्त्रण मुक्त गरेको यो दोस्रो पटक हो । गत हप्तामात्र अघि पनि अफगानिस्तानका तालिबानले ४२ जना सुरक्षाकर्मी मुक्त गरिदिएका थिए । उनीहरुलाई पनि सोही प्रान्तबाट नै मुक्त गरेको थियो ।

उक्त प्रान्तको क्वास तेपा जिल्ला केही महिनाअघि तालिबानहरुले कब्जा गरेका थिए । त्यस क्रममा उनीहरुले ९० जना प्रहरीलाई आफ्नो नियन्त्रणमा राखेका थिए ।

आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीच भेटवार्ता भएको थियो । त्यस वार्ताका क्रममा भएको सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण मुक्त गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

अफगानिस्तान सरकारले पनि केही महिना अघि करिब ९०० तालिबानलाई मुक्त गरिदिने घोषणा गरेको थियो ।
हाल अफगानिस्तान सरकार र तालिबानबीच शान्तिवार्ता चलिरहेको छ । शान्ति वार्ताको अघि भएका यी नियन्त्रण मुक्तिका समाचारहरुलाई एक सकारात्मक सन्देशका रुपमा लिन सकिन्छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ