arrow

गोठमा घाँस हाल्न गएका पूर्णराजको सर्पले टोकेर गयो ज्यान

असारमा ३ जनाको सर्पले टोकेर मृत्यु

logo
प्रकाश बम,
प्रकाशित २०७६ असार २३ सोमबार
purnaraj.png

डोटी । डोटीमा सर्पले टोकेर फेरि एक जनाको मृत्यु भएको छ । सोमबार बिहान डोटीको पुर्बीचौकी गाउपालिका वडा नं. ४ सानागाउ गिरिटोल बस्ने २२ वर्षिय पूर्णराज गिरीको मृत्यु भएको हो ।

आइतबार राती साढे आठ बजेतिर गाई गोठमा घाँस हाल्न गएका बेला गिरिलाई सर्पले टोकेको  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्ष तथा प्रवक्त लाल वहादुर धामिले जानकारी दिए ।

राती धामीझाँक्री गरेर उनलाई उपचारका लागि सोमबार बिहान ३:५० बजेतिर जिल्ला अस्पताल डोटीमा पुर्याउदा उनको मृत्यु भइसकेको जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर गिरिस अबस्थीले बताए । असार महिनामा डोटीमा सर्पले टोकेर तीनजनाको मृत्यु भइसकेको छ।

यहि असार १८ गते के.आई .सिह गाउपालिका वडानम्बर २ तिखातर बस्ने ९ बर्षिय झकेन्द्र वहादुर बोगटी घरको आगनमा किताव पढिरहेका वेला सर्पले डसेर मृत्यु भएको थियोे । त्यस्तै शिखर नगरपालिका वडा नम्बर २ कालागाड बस्ने ४२ वर्षिय जमुना देवी कार्कीको पनि सर्पको टोकाईबाट मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ