arrow

वर्ल्डलिंक कलेज एक्सिलेन्स प्रतियोगिताको बिजेताले पाए अडाई लाख

logo
हाम्रा कुरा
प्रकाशित २०७६ असार २३ सोमबार
wlink-competition.jpg

ललितपुर। युवा विद्यार्थी माझ रहेको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने उदेश्य राखेर मार्केटिङ एक्सिलेन्स प्रतियोगिता इन्टरनेट सर्भिस प्रोभाइडर वल्र्डलिंकले आयोजना गरेको छ।

प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरका २० वटा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएको वल्र्डलिंकले बताएको छ। सहभागी विद्यार्थीलाई सेल्स र मार्केटिङ सम्बन्धी क्षमता अभिवृद्घि गर्नको लागि ज्ञान, सीप प्रदान गरेको कम्पनीले जनाएको छ।

विद्यार्थीहरुले अन्तरक्रियात्मक कार्यक्रमको माध्यमबाट व्यवसायको बारेमा सिक्ने र सफलताका कथाहरु मार्फत प्रेरणा जागृत गराइएको थियो। त्यसैगरी विभिन्न विषय र क्षेत्रका विज्ञहरुबाट प्रतियोगिताका प्रत्येक शिर्षकमा सल्लाह र सुझाव हासिल गर्नुका साथै प्रत्येक टीमलाई प्रतियोगिता अवधि भर गाइड गर्नको लागि गाइड निर्देशकको पनि प्रबन्ध मिलाइएको कम्पनीको विज्ञप्तिमा उल्लख छ।

प्रतियोगिता अवधिभर सेल्स र मार्केटिङ रणनीति निर्माण गर्नको लागि विभिन्न समयमा दुरसञ्चार एवम् आइटी कम्पनीहरुको भ्रमण गरेका थिए। उक्त अध्ययन अनुसन्धानबाट आएको निष्कर्षलाई प्रतियोगीहरुले आफ्नो प्रोजेक्टको रुपमा प्रस्तुत गर्नुपर्ने प्रमुख कार्य रहेको थियो। सो प्रतियोगिता जुन १ बाट शुरु भई ३७ दिनसम्म संचालित भएको जनाइएको छ। सेमिफाइनल चरणको कार्यक्रम जुलाई ४ मा उत्कृष्ट ८ कलेजलाई चयनगरि सम्पन्न गरिएको छ भने फाइनल चरणको कार्यक्रम आइतबार होटल हिमालयनमा सम्पन्न गरिएको हो।
 
उक्त प्रतियोगिताको बिजेता एस इन्टरनेशनल बिजनेस स्कूल भएको छ। प्रतियोगितामा उल्लेख गरिएका कार्यप्रति पूर्ण समर्पित भई कडा परिश्रमको साथ उत्कृष्ट रणनीतिहरु प्रस्तुत गरेबापत एस इन्टरनेशनल बिजनेस स्कूलले प्रथम स्थान हासिल गरेको हो। कलेजले प्रथम पुरस्कार स्वरुप रु.२,५०,००० नगद प्राप्त गरेको छ। त्यस्तैगरी, जेनिथ इन्टरनेशनल कलेज र नेपाल कर्मश क्याम्पसले क्रमस दोश्रो र तेश्रो स्थान हासिल गरेका छ। उनीहरुले नगद रु.१,००,००० र रु. ७५,००० को पुरस्कार प्राप्त गरेका छन। यस प्रतियोगिताको सम्मानित एवम् निष्पक्ष निर्णायक मण्डलको भूमिकामा दिलिप अग्रवाल, बिन्दु नाथ लोहनी र प्रदीप राज पाण्डेले सहभागिहरुलाई पुरस्कार बितरण गरेका कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ