arrow

उपाधि जित्न नेपाललाई मात्र ९६ रनको जरुरी, हङकङको कमजोर प्रदर्शन 

सागर ढकाललाई ५ विकेट र कमल सिंह ऐरीलाई ३ विकेट

logo
प्रकाशित २०७६ असार २४ मंगलबार

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नजिक पुगेको छ । 

उपाधि रक्षाका लागि अहिले हङकङसंग खेलिरहेको नेपालले मात्र ९६ रनको लक्ष्य पछ्याइरहेको छ ।  

किन्रारा ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरेपछि हङकङ सस्तैमा आउट भयो । नेपालले निकै सशक्त बलिङ गरेपछि हङकङ ४३.१ ओभरमा अलआउट भएर ९५ रन मात्र बनाउन सक्यो । 

View image on Twitter

सागर ढकाल एक्लैले ५ विकेट लिएका छन् । सागरले १० ओभरमा १८ रन खर्चेर ५ विकेट लिएका हुन् । सोमबार सेमिफाइनलमा मलेसियामाथि ७ विकेटको जित निकाल्दा ३ विकेट लिएका थिए । 

View image on Twitter

त्यसैगरी कमल सिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए । हङकङका तीन खेलाडीले मात्र दोहोरो स्कोर खडा गरेकामा अदित गोरावाराले २४ रन बनाएका थिए । 

हङकङले सेमिफाइनलमा सिंगापुरलाई डीएल म्याथड अनुसार वर्षाले खेल रोकिँदा ५१ रनको जित पाएको थियो । 

View image on Twitter

समूह चरणमा अपराजित रहँदै नेपाल समूह विजेता बनेको थियो । पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ