arrow

होटलमा बास बस्न गएका महादेब र मनिसा झुण्डिएको अवस्थामा फेला

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
dead6.jpg

दार्चुला । दार्चुलाको एक होटलमा दाजु बहिनीले झुण्डिएको अवस्थामा फेला परेका छन् । दुवैले आत्महत्या गरेका हुन सक्ने प्रहरीले जनाएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका ५ बगौरा बस्ने नातामा दाजु बहिनी पर्ने  महादेब डागा र मनिसा डागा रावलले सोमबार राती बिष्ट होटल एण्ड लजमा झुण्डिएर फेला परेका हुन्  ।

 सोमबार राती लजमा बास बस्न गएका महादेव र मनिसा मंगलबार बिहान मात्रै कम्मरमा र घाटिमा डोरि लगाइ पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन ।

अन्दाजी बर्ष २० कि मनिसा र २८ बर्षका महादेब बिबाहित हुन् । मनिसाको एक दुई महिना अगाडि मात्रै बिवाह भएको र महादेवको घरमा छोराछोरी रहेका छ्न् ।

घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ