arrow

वारि–पारिबाट पहिरो खस्दा बुढीगंगा थुनिदै, नदी आसपास नबस्न उर्दी

logo
दयाराम पण्डित,
प्रकाशित २०७६ असार २४ मंगलबार
budiganga_nadi_herdai.jpg

बाजुरा । बुढिगंगा नदी थुनिदा पछिल्लो समयमा आसपासको वस्ती त्रसित हुन थालेका छन् । पहिरोका कारण  विगत पांच वर्ष यता त्रिबेणी नगरापालिकाको द्धारी मलाना देखि बागडांडा सम्म करिव १० किलोमिटर जमिनमा  निरन्तर  पहिरो खस्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।

पहिरो खस्दा बुडीगंगा नदी थुनिदै गएको छ । पहिरो वारीपारिवाट आएको छ ।   पहिरोका कारण   त्रिबेण्ी नगरपालिकाको वडा नं. नौं स्थित पैंमा गाउँको  करिव २५० रोपनी  भात खाने खेत पाखो जग्गा  बगेको छ  । पहिरोका कारण ६५ परिवारका घरछाना भत्केका छन्।  मालागाड जलद्यिुत आयोजनाको विद्यूत लाईन अबरुद्ध भएको छ ।

सुदुरपश्चिमकै सुप्रशिद्ध तीर्थस्थ बडिमालिका जाने मुलबाटो पहिरोमा परेको छ भने करोडौं मुल्य बरावरको वनजंगल नास भएको त्रिबेणी स्थानयि वासिन्दा एबं बडिमालिकाका पुजारी नेत्रराज पाध्याले जानकारी दिएका छन् । “पहिरो प्रभावित ४५ परिवालाई १० हजार देखि ३० हजार रुपैंया सम्म राहात वितरण गरेको र  विऊँ खरिदका लागि थप  दुइलाख रुपैंया छुट्याएका छौं । ”

 “त्यसैगरी दीघकालिन ब्यबस्थापनका लागि नगरस्तरीय विपत ब्यबस्थापन निर्देशका  जारी गरी कार्यन्वयन ल्यमा ल्याएको ।   बुडिगंडा नदीको वहाव जतिवेलापनि बढ्न सक्ने र  सम्भावित ठुलो क्षेती हुने  पूर्वानुमान गरी सबै वडामा  बुढीगंगा नदी आसपास मा वस्न सार्वजनिक सूचना सहित जारी गरेका छो ”  त्रिबेणी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र वहादुर सांउदले  बताए ।

ठूलोआकारमा निरन्तर पहिरो बग्दा बुढीगंगा नदीको वहावमा अबरुद्ध भएको छ । यता वारिपट्टी   बुढीगंगा नगरपालिको  अम्कोटमा पनि पहिरो गएको छ । पहिरोवाट सांफे –मार्तडी सडक खण्डको करिव दुई किलोमिटर सडक भांसिएको छ । त्यसैगरी बिद्युतको राष्ट्रिय प्रासरण ३३ केभिए लाईनका  पोलहरु पुरिएका छन् । जस्ले गर्दा सरकारको उज्यालो देश कार्यक्रम पनि प्रभावित हुने देखिन्छ ।

दर्जर्नौ परिवारका खेत घरछाना उच्च जोखिममा छन् ।  पहिरो आउने डरले वर्षमौसममा अम्कोटवासी लेकछानामा बस्न बाध्य भएको स्थानीय वासिन्दा हंशराज पाध्यायले दुःखसो ब्यक्तगर्नु भएको छ । वर्षेनी पहिरो जान थालेपछि साँफे–मार्तडी सडक खण्ड पनि उच्च जोखिममा रहेको सांफे मार्तडी सडक डिभिजन कार्यालयले जनाएको छ ।  प्राविधिक ईन्जिनियरका अनुसारः पहिले माटो चेक जांच नगरी सडक निर्माणगर्दा अहिले समस्याआएको हो । बार्जुगाड देखि मार्तडी सम्मको करिव २९ किलो मिटर वाटो नदीकै कारण उच्च जोखिममा रहेको सांफे मार्तडी डिभिजन सडक का कमचारी कृष्ण बुढाले बताए ।
 
माथिवाट पहिरो जाने  तल नदीले काटेने हुंदा सडक यातायात, विजुली, घरखेत जोखिममा छन् । बुढीगंगा नदी थुनिदा बाजुराका बुढीगंगा र त्रिबेणी नगरपालिका लगायत छिमेकी जिल्ला अछामको सांफेबगर नगरपालका डुवानमा पर्ने सम्भावना बढि छ । अहिले सम्म सिलिप मात्र गएको छ । “ द्धारीमा पहिरो जाने हो भने बुढगंगा नदी थुनिन्छ  साफेवर नगरपािलका डुवानमा पर्न सक्ने वढि सम्भावना छ । ” अछाम स्थित पूर्वाधार विकास कार्यलयका प्रमुख जंगबहादुर थापाले वताउनुभएको छ । त्यसंगरी सांफे मर्तडी सडक खण्ड पनि उच्च जोखिममा रहेकोले विकल्पका रुपमा अमकोट धुरालसैन हुँदै हरडेखोलामा जोड्न सक्निछ । वा आटिचौरको टर्‍याक ओपन गरी बडिमालिका नगररपालिकाको भौनेरा पनि जोड्न सकिन्छ तर, उक्त क्षेत्रको भौनेरामा पुल नहुंदा सडक  मार्तडी सम्म तत्काल जोड्न नसकिने प्रमुख थापाको बुझाई छ

। यि विकल्प सोचे  सडकको एलाइन्म्यान्ट पविर्तन गरी सडक सुचारु गर्न सकिने कार्यालय प्रमुख थापाले वताए । तत्काल त्यो पनि सम्भव नरहेको र जिल्लामा पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा पनि  पनि सडक विभागले कुनै  सुनुवाई नगरेको बडिमालिका नगरपािलका प्रमुख पदम बडुवालले वताए  ।
 
 सडकको संरक्षण गर्न बायोइन्जिनियरिङ्गको पाटो एकदमै कमजोर छ । त्यसमा कसैको ध्यान गएको छैन । सडक क्षेउछाउमा  रुख, विरुवा, घांस राप्ने, विरुवाका हांगाकाटेर लगाउने ,माटो भर्ने लगायतका तमाम उपाय छन् ।  विडम्वना सडक संरक्षणको पूर्वयोजनामा सम्बद्ध हामी कसैको  ध्यान नगएको  पूर्वाधार विकास कार्यालय प्रमुख थापाले स्विकारेका छन् । केही दिन अगाडि  पहिरोको अवलोकन गर्न बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालको नेतृत्वमा जिल्लाको एक टोली उक्त क्षेत्रमा गएको सामाजिक सञ्जालबाट थाह भएको छ। यद्येपी अनुगमनपछि बाढि पहिरो नियन्त्रण गर्न  केगर्ने ?  भन्ने वारे के योजना बनाए ? त्योभने बाहिर अआएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ