arrow

ईश्वरको साम्राज्य कहाँ छ ?

तपाईले आफै भित्र खोज्नु भएको छ इश्वरीय सत्ता ?

logo
ज्ञान,
प्रकाशित २०७६ असार २४ मंगलबार
mahabharat11.jpg

काठमाडौं । एकपटक ईसामसीह एक अग्लो पहाडमा बसेका थिए । त्यहाँ धेरै वृक्ष लगाइएको थियो। त्यस पहाडबाट मैदानमा लहराउदै गरेका फसल सबै देखिन्थ्यो । केहि शिष्यले ईसामसीहसँग सोधे,' जुन परमात्माको तपाई चर्चा गर्नुहुन्छ, त्यसको साम्राज्य (kingdom of god) कहाँ छ ?' जबाफमा यशुले भने, 'ईश्वरको राज्य बीज समान छ र बीज अन्यत्र कहि नभइ तिमी भित्र नै लुकेको छ ।'

बीज भित्र नै वृक्ष बनाउने क्षमता हुन्छ। हरेक बीजमा वृक्ष बनाउने संभावना हुन्छ । जुन प्रकारको बीजलाई तपाई रोप्नुहुन्छ त्यसै प्रकारको बिरुवाहरु लहराउदै खडा हुनेछ, बिशाल हुदै जानेछ। बिशाल भएका वृक्षमा सृजना गर्न सक्ने क्षमता हुनेछ। सोहि क्षमताबाट त्यसले लाखौ बीज लाखौ फल र पातहरुलाई सृजना गर्नेछ ।  

यसै प्रकार संतहरु सम्झाउछन् कि त्यो ईश्वरको सत्ता बीजरुपमा तिमी भित्र विद्यमान छ। बीजलाई हामी घरमा राख्यौ वा बोरामा भरेर भण्डारण गरयौ भने त्यहाँ विरुवा बन्दैन। त्यस बीजलाई उमार्नको लागि किसानले बीजलाई रोप्छ, मल हाल्छ र पानी हाल्छ । हावा, घाम, मल र पानी हालेपछि त्यो बीज विस्तारै विस्तारै प्रकट हुन्छ र एक दिन विशाल वृक्षको रुपमा खडा हुन्छ । ठीक यसै प्रकार हामी भित्र रहेको ईश्वरको सत्ता बीज जस्तै सुक्ष्म छ र त्यसै सत्ता भित्र सम्पूर्ण  संभावनाहरु विद्यमान छ ।

सत्संग,सेवा,भजन दर्शन आदिबाट त्यो बीज हाम्रो जीवनमा प्रकट हुन सक्छ तर त्यस सूक्ष्म बीजलाई जान्नको लागि, त्यसलाई जागरुक गर्नको लागि सबैभन्दा पहिले त्यस सूक्ष्म ज्ञानको आवश्यकता पर्दछ। सोहि ज्ञानले बीजरुपी परमपिता परमात्मा कति सूक्ष्म छ भन्ने जान्न सक्छौं। सोहि सूक्ष्म ज्ञानले हामी भित्रको सम्पूर्ण संभावनाहरुलाई प्रकट गरेर हामी आफैलाई आफैलाई चिन्न सक्छौ। त्यसै सुक्ष्म ज्ञान नै आत्माज्ञान हो। र आत्मज्ञान नै एकमात्र सत्यको मार्ग हो । र त्यो जुन एक मात्र मार्ग हो ईश्वर प्राप्तिको।

 यहि मार्गमा भगवान राम, श्रीकृष्ण, बुद्ध, नानक आदी सबै महानपुरुषहरु हिडे जसको वर्णन सबै धर्मशास्त्रमा छ। त्यस एक सुगम एवं सीधा मार्गको ज्ञान यस युगमा प्राप्त गर्नको लागि हामीले वर्तमानमा मौजुद महापुरुषलाई खोज्नु पर्नेछ । जसले हामीलाई त्यही दुर्लभ आत्माज्ञान, ब्रह्मज्ञान, तत्वज्ञान प्रदान गरुन्। यही  मानवको एक मात्र वास्तविक धर्म हो ।

जुन महापुरुष हाम्रो समाजमा आए यी हामीलाई सहि बाटो देखाउनको लागि आए । उनिहरुले मानवलाई कर्मयोगी बनाए, ज्ञान दिए र सहि बाटो देखाए। उनिहरुले भनेनन् कि जुनै बाटोमा हिडेपनि तिम्रो लक्ष्य प्राप्त हुन्छ । तिमीले सहि ज्ञानको खोजी गर्नुपर्नेछ।

यसकारण महानपुरुषहरुले भने 'नान्य पंथा विद्यते अनाय' कि त्यो ज्ञानलाई जान्न अनेकौ नभइ एक मात्र  मार्ग छ। 'महाजनो येन गत: स पंथा' त्यो मार्ग जसमा सबै महान पूरूषहरु चले त्यसलाई अनुसरण गर्नुपर्छ त्यसको बाटो फरक फरक छैन एकै छ। त्यो महान पुरुषहरुको मार्ग के हो जसमा भगवान राम चल्नुभयो, श्रीकृष्ण चल्नुभयो, महात्मा बुद्ध, महावीर स्वामी चल्नुभयो, गुरु नानकदेव चल्नुभयो आखिर त्यो बाटो के थियो यो हामीले सोच्नु विचार गर्नुपर्नेछ ।

यदि मानवको इतिहासमा हेरे हामीलाई थाहा हुनेछ यस धर्तिमा सन्त महात्मा  पैगम्बर तथा महापुरुषको आगमन भएको छ। उनिहरुले आफ्नो समयमा धर्तीमा आएर जनमानसमा एक यस्तो बाटो बताएकी अशान्त मानव, भ्रान्तिमा फसेको मानवले शान्ति प्राप्त गरे।

यो पनि पढ्नुहोस ।

यक्षले युधिष्ठिरलाई सोधे कुन मार्ग हो अपनाउने ?

'जुन मार्गमा महापुरुषहरु चले त्यस मार्गमा चल्नुपर्छ'

अर्जुनले श्रीकृष्णलाई गुरुहरूका गुरु भनेर किन पुकारे ?

सबै धर्मको मुलमा अनुभति

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ