arrow

भारत–न्यूजिल्याण्डको खेलमा वर्षा, बफर जोन सुरु

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
india-crickt-watering.jpg

काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबारको भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाले गर्दा रोकिएको छ ।

म्यानचेस्टरमा पूरा हुनुपर्ने खेल बीचमै रोकिएको हो । वर्षाले खेल रोकिनुअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको नोक्सानीमा २११ रन बनाएको छ ।

रोस टेलर ६७ रनमा नटआउट छन् भने कप्तान केन विलियम्सन ६७ रनमा आउट भए । 

जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्डेया, रबिन्द्र जडेजा र युजभेन्द्र चाहालले समान १–१ विकेट लिए ।

बफर जोन सुरु
खेल अगाडि बढ्न नसक्दा वर्षा रोकिने आशामा खेल मंगलबार नै सकाउने प्रयास भइरहेको छ । यसका लागि बफर जोन सुरु भएको छ । 

यस अनुसार हरेक ४ मिनेटमा एक ओभर घट्दै जानेछ । यस अनुसार चुनौती पनि परिवर्तन हुँदै जानेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ