arrow

प्रहरी र विप्लव समूहबीच भिडन्त, एक प्रहरीसहित दुई जनाको ज्यान गयो

logo
प्रकाशित २०७६ असार २५ बुधबार
biplab-maobadi.jpeg

भोजपुर । नेपाल प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भोजपुरमा भिडन्त भएको छ । भिडन्तमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानमा विप्लवका कार्यकर्ताले प्रहार गरेको गोली लागेर प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको हो ।

विप्लव कार्यकर्ताको प्रहार लगत्तै प्रहरीले जवाफी प्रतिकार गरेको जनाएको छ । प्रहरीले गोली चलाउँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राईको पनि मृत्यु भएको जनाइएको छ ।

स्थानीय पाँचधारे होटलमा विप्लवका कार्यकर्ताहरु बास बसेको सूचना पाएपछि प्रहरीले सर्च अभियान थालेको थियो । 

आफूहरुमाथि जाइलागेपछि गोली हानेको विप्लव पक्षको दावी छ । घटनाबाट प्रहरीले एक जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ ।

विप्लवका एक कार्यकर्ता घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ