arrow

कर्णाटक बचाउन मुम्बई पठाइयो 'संकटमोचक चाणक्य', होटलमा लुकामारीको खेल

logo
प्रकाशित २०७६ असार २५ बुधबार
karnatak.PNG

काठमाडौं । कर्नाटकमा राजनीतिक 'नाटक' चरम रुपमा छ । सत्तारूढ जेडीएस-कांग्रेस र विपक्षी बीजेपीबीच कसले कसलाई सिध्याउने भन्ने विषयमा खेल जारी छ। अहिले कुमारस्वामी नेतत्वको सरकारलाई समस्यामा पार्नको लागि राजीनामा दिएका ९ विधायकहरुलाई मनाउनको लागि काँग्रेसले सक्दो प्रयास गरेको छ । यी ९ विधायकहरुले राजीनामा दिँदा सरकार अफ्टेरोमा पर्ने र यसले दीर्घकालमा कर्णाटकमा काँग्रेसको अस्तित्व नै समाप्त हुने देखेर कर्णाटकमा आफ्नो अस्तित्व जोगाउन बागी विधायकलाई मनाउन आफ्नो 'ब्रह्मास्‍त्र' प्रहार गरेको छ । अहिले कर्नाटकमा काँग्रेस छाड्न लागेका विधायकहरुलाई फकाउनको लागि ब्रह्मास्त्रको रुपमा प्रयोग गरेका छन् । राज्‍यमा कांग्रेस पार्टी 'संकटमोचक' डीके शिवकुमार बागी विधायकसँग भेटघाटका लागि मुम्बई पुगेका छन् ।

गत शनिवार कांग्रेसका ९ विधायकहरुले राजीनामा दिएपछि शिवकुमार यस संकटलाई सुल्झाउन तर्फ लागेका छन् । तर, उनलाई नभेट्न र उनीसँग कुराकानी नगर्नको लागि सबै विधायकहरुले मुम्बईको एक होटलमा लुकामारीको खेल खेलिरहेका छन् । बुधवार विहान शिवकुमार बागी विधायकहरुलाई भेट्नको लागि मुम्बई पुगेका थिए । मुम्बई पुगेपछि डीके शिवकुमारले बागी विधायकलाई आफ्नो मित्र मात्रै बताएनन् राजनीतिमा आफूहरुको जन्म समेतसँगै भएको भनेर समेत उनीहरुलाई फकाउन लागिरहेका छन् । उनले साथसाथ जन्मिएका आफूहरु सँगै सँगै मर्ने समेत बताएका छन् । उनीहरुसँगको कुराकानीको क्रममा उनले आफूहरु एक अर्कालाई सम्मान र प्रेम गर्ने भन्दै अहिले सम्बन्ध विच्छेद गर्ने कुरा नगर्न भनेका थिए । 

कांग्रेस पार्टीको 'तारणहार' 
शिवकुमार कर्नाटकमा काँग्रेस पार्टीका तराहरण नेताको रुपम चिन्ने गरिन्छ । हजारौं करोड सम्पत्तिका मालिक शिवकुमार चुनावी प्रवन्धनका चाणक्य मान्ने गरिन्छ । कुनैपनि सभा सम्मेलनको लागि पैसा जुटाउनेदेखि भीड जुटाउने काम समेत उनी नै गर्दछन् । गत वर्षको नवम्बरमा राज्यमा भएको चुनावमा भएको ३ लोकसभा र २ विधानसभा सीटको उपचुनाव परिणामले उनी चुनावी प्रबर्धनका चाणक्य हुन् भन्ने पुष्टि गरेको थियो । 

शिवकुमारले विपक्षको गढको रुपमा चिनिने बेल्‍लारी लोकसभा सीट र रामनगर विधानसभा सीटमा कांग्रेसलाई जीत दिलाएका थिए । कर्नाटक सरकारमा मन्त्री रहेका शिवकुमारले बेल्‍लारीमा प्रतिकूल परिस्थितिका बाबजुत पनि जीत दिलाएपछि उनको क्षमताबारे धेरै आश्चर्यचकित भएका थिए । १४ वर्षपछि कांग्रेस पार्टीले यस सीटमा जीतको स्‍वाद चखाएको थियो । कांग्रेसका प्रत्‍याशीले रेकर्ड २.४ लाख भोटले चुनाव जितेको थियो । यस जीतले कांग्रेसकी पूर्व अध्‍यक्ष सोनिया गान्धीको १९९९ को रेकर्ड पनि तोडेको छ । सोनिया गान्धीलाई त्यहाँबाट ५६ हजार भोटद्वारा जीत मिलेको थियो भने यसपटक मोदी लहरको समयमा पनि शिवकुमारले यति धेरै मतान्तरले चुनाव जिताएका हुन् । 

शिवकुमारको रणनीति र पार्टीमा कद 
कांग्रेसमा शिवकुमारको सम्मान त्यस समय अझ बढेको थियो जतिबेला यही वर्षको मे महिनामा गठबन्धन सरकार बनाउने समयमा कांग्रेस-जेडीएसको सम्झौता भयो । त्यतिबेला उनले केवल गठबन्धन बचाएनन् । भारजपाबाट आफ्ना सांसदहरु पनि बचाएका थिए । शिवकुमारको साथ काम गर्दै आएका कांग्रेसका चुनाव प्रचार समिति महासचिव मिलिन्द धर्मसेनाका अनुसार जुन क्षेत्रमा उनलाई जिम्मा दिइन्छ त्यहाँ उनी जमेर होमवर्क गर्छन् र त्यहाँ चुनाव जिताएरै छाड्छन् । 

विधायकहरुलाई यस अघि गुजरातबाट पनि यसरी नै गुप्त बासमा राख्ने गरिएको थियो । चुनाव अघि काँग्रेसबाट राजीनामा दिएका विधायकहरुलाई भाजपाले विभिन्न ठाउँमा घुमाएर चुनावसम्म सम्पर्कविहीन गराएर चुनावी मतपरिणाम आफू तर्फ ल्याएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ