arrow

काकडभिट्टाबाट सोलु जादै गरेको रात्री बस ओखलढुंगामा दुर्घटना

logo
जीवन शर्मा,
प्रकाशित २०७६ असार २५ बुधबार

ओखलढुंगा । सिद्धिचरण राजमार्ग अन्तरगत मानेभञ्ज्याङ गाउपालिका –६ डडुवामा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काकडभिट्टाबाट सोलु जादै गरेको मे.१ ख १८९१ नम्बरको मातृभाग्यरेखा बस बुधबार विहान ४ बजे ओखलढुंगा जिल्ला मानेभञ्ज्याङ गाउपालिका –६ स्थित डडुवामा दुर्घटना भएको हो । मृत्युहुनेहरुमा बसचालक झपाका ४५ बर्षीय कृष्ण बहादुर बस्नेत, दुधकुण्ड नगरपालिका ५ सोलुका ५२ बर्षीया माया थापा र सिन्धुली कमलामाइ नगरपालिका अन्दाजी ३० बर्षीय लालबहादुर धामी रहेको प्रहरीले जनाएको छ ।

गाडीमा सवास १६ जना घाइते भएका छन् । घाइते मध्य मित्र बहादुर थापा, मदन कट्टेल र कृष्ण गौतम लाई एम्बुलेन्स मार्फत काठमाण्डौ लगिएको छ भने अन्य घाइतेहरुको घुर्मीको अस्ता र ओखलढुंगाको जनसेवा अस्पतालहरुमा उपचार भैरहेको छ ।

 सडकको घुम्ती मोड्दा पछाडी सरेर गाडी सडक बाट २० मिटर तल खसेको ओखलढंगा ट्राफिक पोष्टकाका ट्राफिक प्रहरी गोकर्ण खड्काले जानकारी दिए । अन्य क्षतिको विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । यो बस काकडभिट्टा बाट सोलु आउने नियमित रात्री बस हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ