arrow

'रामायण सर्किट त्रेता युगको सभ्यता'

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असार २५ बुधबार
ramayan-sarkit.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुईका  मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले बुधबार जनकपुरधाममा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकास विषयक कार्यक्रममा बोल्दै  मुख्यमन्त्री राउतले यस क्षेत्रको पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने सम्भावना बोकेको रामायण सर्किटको पूर्वाधार विकासमा प्रदेश सरकार तत्पर रहेको बताए ।

रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र मात्र नभई दुई देश विचको सम्बन्धका साथै त्रेता युगको सभ्यता झझल्को समेत दिने भएकोले दुबै देशका केन्द्रिय सरकारलाई अग्रसर हुन आग्रह गरे ।

नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभई परापूर्वकाल देखी चल्दै आएको जनजनको सम्बन्ध रहेको रहेको मुख्यमन्त्री राउतले भने यसलाई राजनीति सिमांकनले छेक्ने काम कहि कतै बाट हुनु नपर्नेमा जोड दिए ।

करौडौ हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरका साथै यस क्षेत्रको विकासमा केन्द्र सरकारले अझै ध्यान दिन नसकेको गुनासो गरिदै मुख्यमन्त्री राउतले  प्रदेश सरकारले आफनो बुताले भ्याए सम्म जानकी मन्दिरलाई विश्वमा चिनाउने कार्यलाई अघि बढाएको  बताए ।

कार्यक्रममा विशिष्ठ अतिथि उद्योग पर्यटन बन तथा वातावरण मन्त्री राम नरेश रायले भने जनकपुरधाम क्षेत्रको विकासका साथै धनुषा धामको विकासमा भारत सरकारलाई सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा भारत सरकारको पूर्व मन्त्री डा. संजय पासवानले मिथिला क्षेत्रको विकासमा रामायण सर्किटको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा रामायण सर्किटका अध्यक्ष डा रामअवतार शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, साधवी हेमलता सहितका वक्ताहरुले नेपाल भारतका साथै मिथिला र अवधका सम्बन्धबारे विस्तृत व्याख्या गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ