arrow

चर्चित फिल्म 'द लायन' मा छोरासँग काम गर्न पाउँदा खुसी छन् शाहरुख

logo
प्रकाशित २०७६ असार २५ बुधबार
SRK_Aryan.jpg

काठमाडौं । भारतीय अभिनेता शाहरुख खान र उनका छोरा आर्यनले आगामी साता रिलिज हुन गइरहेको डिजनीको यस वषको सबैभन्दा धेरै चर्चित फिल्म 'द लायन' को हिन्दी संस्करणमा आवाज दिएका छन् । यस्तोमा शाहरुखले यो फिल्मलाई किन यति धेरै प्राथमिकता दिए भन्ने प्रश्न खडा भएको छ ।

यस विषयमा सोधिएको प्रश्नमा शाहरुखले आफ्नो लागि मात्र नभई समग्र विश्वको लागि लायन किङ मनपर्ने फिल्ममध्येको एक रहेको र यसलाई पूरै परिवार सँगै बसेर हेर्न सकिने बताएका छन् । यसमा राम्रो शिक्षा पनि दिइएको उनको भनाइ छ ।

उनले यो फिल्ममा कुनै मानिस नभए पनि यो फिल्म पिता र पुत्रको बीचमा भावुक सम्बन्धमा आधारित रहेको बताएका छन् । उनले आफ्ना बालबालिकासँग हेर्नका लागि यो फिल्म निकै राम्रो हुने उनको भनाइ छ ।

द लायन किङ २५ वर्ष पहिले एनिमेशन फिल्मको रुपमा रिलिज भएको थियो । साथै यो फिल्म सुपरहिट पनि भएको थियो । अहिले डिजनीले आफ्नो यो फिल्मलाई नयाँ प्राविधिको लाइभ एनिमेशनको माध्यमबाट निर्माण गरिएको छ ।

फोटो क्याप्चर प्रविधिको मद्दतबाट बनेको यो फिल्ममा जनावर पनि विल्कुलै असलीजस्तो देखिन्छन् । कतैबाट पनि यो फिल्म एनिमेशन फिल्म हो भन्ने देखिँदैन ।

यो फिल्म विश्वभरका कुशल कलाकार जम्मा गरी महीनौंसम्म गरिएको मिहिनेतपछि तयार गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ