arrow

भारतलाई हराउदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

logo
प्रकाशित २०७६ असार २५ बुधबार
new-zealand-india1.jpg

काठमाडौं । भारतलाई हराउदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । भारत र न्यूजिल्याण्डबिचको आईसीसी विश्वकप क्रिकेट सेमिफाइनल न्यूजिल्याण्डले जितेको हो । भारतलाई न्यूजिल्याण्डले २४० रनको लक्ष्य दिएको थियो । सबै विकेट गुमाउदै भारतले कुल २२१ रन बनाएको थियो । १८ रनले भारत पराजित भएको हो ।

 मंगलबार भएको खेल वर्षाका कारण ४६।१ ओभरमा रोकिएपछि बुधबार त्यहीँबाट सुरु भएको थियो । न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको थियो ।  भारतको सुरुआत भने एकदमै खराब रह्यो ।

जारी विश्वकपमा पाँच शतक बनाएका रोहित शर्मा व्यक्तिगत एक रन बनाएर आउट भएपछि भारतको विकेट पतनको सृंखला शुरु भएको थियो । ५ रन हुँदा कप्तान विराट कोहली पनि आउट भए । ५ रनकै अवस्थामा केएल राहुल पनि पेभेलियन फर्किए । दिनेश कार्तिक र ऋषभ पन्तले १९ रनको साझेदारी गरे ।

त्यो साझेदारी पनि धेरैबेर टिक्न सकेन । कार्तिक ६ रन बनाएर आउट भएका थिए । ऋषभ र हार्दिक पाण्ड्याले ४७ रनको साझेदारी गर्दै भारतको स्कोर ५० रन पार गराए । तर ऋषभ पन्त ३२ रन बनाएर आउट भएपछि भारतले २२।५ ओभरमा ५ विकेट गुमाएर ७१ रन जोडेको थियो ।

महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्याले राम्रो साझेदारी गरेर बाहिरिए । महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले सातौँ विकेटका लागि शतकिय साझेदारी गरेपनि न्यूजिल्याण्डले बलिङमा पुनरागमन गर्दै ३ विकेट झारेपछि भारतको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो। जडेजाले सर्वाधिक ७७ रन बनाए।

त्यसअघि दुई दिनसम्म ब्याटिङ गरेको न्यूजिल्याण्डले पूरै ५० ओभर खेल्दै २३९ रन बनाएको थियो।

मंगलबार न्यूजिल्यान्डले टस जितेर ब्याटिङ गर्न सुरु गरेको थियो । ४६ ओभरमा न्यूजिल्यान्डले ५ विकेट गुमाएर २११ रन बनाएको थियो । त्यही बेला वर्षा सुरु भएपछि खेल अगाडि बढ्न सकेन । आईसीसीको नियम अनुसार खेललाई रिजर्भ डे मा गर्ने फैसला भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ