arrow

छायांकनमा इन्काउन्टर अफिसर

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1327682306.jpeg
काठमाडौं । पछिल्लो समयमा नेपालमा एक्सन प्रधान फिल्महरु बन्ने क्रम बढेको छ । खास गरी एक्सन स्टारका रुपमा उदाएका निखिल उप्रेतीको फिल्म ‘भैरव’ चलेपछि उनलाई त्यही छविमा पर्दामा उतार्ने निर्मातामा होडबाजी नै चलेको छ । यसैक्रममा सेवन्तिका फिल्मस् र एभरेष्ट फिल्मको संयुक्त व्यानरमा निर्माण हुन लागेको फिल्म ‘इन्काउन्टर अफिसरमा’मा निखिललाई एक्सन स्टारकै छविमा निर्माताद्वय हर्कबहादुर देउवा र प्रतिक श्रेष्ठले ल्याउँदैछन् ।

फिल्मको शनिवार राजधानीको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा मुहुर्त गरिएको छ । मुहुर्त कार्यक्रममा निखिल अनुपस्थित भए पनि अन्य कलाकारहरु भने आएका थिए । निखिल बक्स अफिस फुटबलका लागि पोखरामा छन् । फिल्मको निर्देशन वेदप्रसाद भुर्तेलले गर्नेछन् ।

फिल्ममा दिलकृष्ण श्रेष्ठ, प्रज्जवल गिरी, प्रतिक श्रेष्ठ, कलम श्रेष्ठ र देव लामाको पनि अभिनय रहनेछ । फिल्ममा शिवम अधिकारीको लेखन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र केशरकुमार कालिकोटेको संगीत, दिनेश पाख्रिनको नृत्य, अरुण रेग्मीको प्रोडक्सन र सौरभ लामाको छायांकन हुनेछ । करिब चालिस दिनको सुटिङ तालिका रहेको फिल्म राजधानी र मोफसलका विभिन्न स्थानमा छायांकन हुनेछ । फिल्मको छायांकन शनिवारबाटै शुरु भईसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ