arrow

‘मिस टीन भारत’ को उपाधि काँकरभिट्टाकी निकितालाई

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
nikita.jpg

झापा । भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ प्रतियोगिताको उपाधि जितेकी छिन् ।झापाको मेचीनगर नगरपालिका–५, नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् ।

यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ की उपाधि विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन् । उनले काँकरभिट्टा क्याम्पसबाट भर्खरै कक्षा १२ को परीक्षा दिएकी हुन् ।

भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर संघ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताए ।

निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्शन प्रालिले चार म्युजिक भिडियो र एउटा शर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ