arrow

गोलघरमा ओलीलाई टिवी लाग्दा संरक्षण गर्थे श्रेष्ठले तर अझै न्याय पाएनन्

राजा विरेन्द्रलाई बम हान्ने धनकुटाका भीम नारायण श्रेष्ठले गोली खाए मागेनन् माफी

logo
विजय सन्तोषी राई,
प्रकाशित २०७६ असार २६ बिहिबार
bhim-narayan.JPG

प्रजातन्त्रको लागि धनकुटका तन्नेरी भीम नारायण श्रेष्ठले तातो गोली खाएर शहिद भए । ४१ बर्षको जोशिलो उमेरमा उनले राजासंग माफी नमागी प्रजातन्त्रको लागि तातो गोली खाएका थिए । प्रजातन्त्र स्थापनाका लागि युवा अवस्था देखिनै नेपाली कांग्रेसमा क्रियाशिल रहेका राम कृष्ण श्रेष्ठ  २०३० साल चैत्र ३ गते विराटनगरमा राजा विरेन्द्रलाई बम  प्रहार गर्दा घाईते भै सोही दिनको राती विराटनगर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने भीम नारायण श्रेष्ठलाई  लामो समयसम्मको कठोर जेल यातनापछि फाँसीको सजाय दिदै २०३५ माघ २६ गते गोली हानी हत्या गरेको हो ।

राजालाई बम हान्ने शहिद भीम नारायण श्रेष्ठलेका साहस र बलिदानको अहिले सममसम्मान हुने सकेको छैन । देश र जनताका लागि हासी हासी बलिदान दिएका योद्धा भीम नारायण श्रेष्ठको अहिलेसम्म न चर्चा पाए न सम्मान नै । नेपालीहरुको स्वतन्त्रता र प्रजातन्त्रको लागि आफ्नो जिवन साटिएका साहसिक योद्धा भीम नाराायण श्रेष्ठको योगदानका उच्चसम्मान र कदर सवैले गर्नुपर्छ ।

 राजालाई बम हान्दा मृत्यु दण्ड पाएका शहिद भीम नारायण श्रेष्ठको राज्यले न चर्चा न चासो नै भएको छ । सम्झन र सम्मान गर्न त पराइ जाओस । तत्कालिन राजालाई बम प्रहार गरेको आरोप जेल जिवन विताउने क्रममा वर्तमान  प्रधानमन्त्री केपी शर्मा ओलीसंगै संयोगवस केन्द्रिय कारागारमा जेल वसेका भीम नाराण श्रेष्ठलाई अहिलेसम्म राज्यले सम्झनसम्म सकेको छैन । संगै वसेका साथी ओली प्रधानमन्त्री भए पछि सवैले शहिद भीम नारायण श्रेष्ठको उचितसम्मान हुने आशा गरेका थिए तर अहिलेसम्म हुन सकेको छैन ।

निरंकुश राजतन्त्रलाई समाप्त गरी प्रजातन्त्र पुर्नस्थापनका लागि विराटनगरमा राजा विरेन्द्रलाई भीम नारायण श्रेष्ठ उनका साथी राम कृष्ण श्रेष्ठले वम प्रहार गरेका थिए । भारतको फार्मेगञ्जबाट कप्तान यज्ञ वहादुर थापाले दिएको बम ल्याएर भीम नारायण श्रेष्ठ र धनकुटका राम कृष्ण श्रेष्ठले तत्कालिन राजा विरेन्द्र २०३०साल चैत्र ३ गते विराटनगरमा सवारी हुदा अस्पताल रोडमा बम प्रहार गरेका हुन ।

प्रजातन्त्रको स्थापनका लागि राजालाई बम हान्ने धनकुटाका दुई तन्नेरीहरुलाई राजतन्त्रलाई समाप्त गरी  मुलुकमा गणतन्त्र स्थापना भएपछि पनि न उनीहरुलाईसम्मान गरियो  न उनका परिवारलाई नै । प्रजातन्त्रको पक्षमा निरंकुस पंञ्चायती व्यवस्थाको विरुद्धमा विराटनगरमा राजलाई बम हान्ने धनकुटा का साहसिक दुई तन्नेरीलाई इतिहास र वर्तमानले विर्सिएको छ । नेपाली आकाशमा ताराको रुपमा चम्किरहेएका छन् ।  जेलमासँगै बस्दा श्रेष्ठले असाध्यै माया गर्ने र मिल्ने साथी अनी जेलमा टिवी रोग लागेर विरामी भएको बखत संरक्षण गरेका केपी ओली आज प्रधानमन्त्री छन् तर राज्य स्तरबाट अहिलेसम्म उनको नाममा कुनै प्रतिष्ठान बनाएको छैन । कुनै कार्यहरु पनि गरेको छैन र सम्मान दिने काम पनि भएको छैन शहिद घोषणा गर्न वाहेक र उनिहरुको परिवारलाई पनिसम्मान गरिएको छैन ।
 
निंरकुस पञ्चायती व्यवस्थाको विरुद्धमा राजनैतिक स्वतन्त्रताका निम्ति बलिदान दिने  धनकुटा नगरपालिका वडा नं. ६ का शहिद श्रेष्ठलाई राजनैतिक दलको नेताहरु र स्वयम उनका पार्टी नेपाली कांग्रेले यतिबेला विर्सदा उनिहरुको योगदानको अवमुल्यन भएको छ । आफ्ना लागि होईन अरुका लागि बलिदान दिने  पूर्वका चम्किला तारा  श्रेष्ठलाई राज्यले विर्सिएको र वेवास्था गरेकोले स्मरण गर्दैसम्मान  गरेमात्र उनिहरुले दिएको बलिदानको सम्मान हुन्छ ।

राणा शासनमा राणााहरुको विरुद्ध आन्दोलन गर्ने वाहुनहरुलाई फाँसी दियो भने पाप लाग्छ भन्दै देश निकाला गरी काशी पठाईदिन्थे र अन्य जातकालाई फाँसी दिएर हत्या गर्थे त्यसैले राणा शासनको समयमा बाहुनलाई काशी अन्यलाई फाँसी दिइन्थ्यो । निरंकुस पञ्चायती शासनमा भने प्रजातन्त्रको पक्षमा र तानाशाही पंचायती व्यवस्थाको विरुद्ध आन्दोलन गर्ने वा सशस्त्र संर्घष गर्ने नेताहरुलाई  राजाले आफ्ना जन्मोत्सव लगायत विभिन्न अवसरहरुमा  माफीनै नमागी माफी लिएर जेल मुक्त गर्थे तर कार्यकर्ताहरुलाई भने फाँसी दिन्थे ।

तानाशाही पंचायती व्यवस्था विरुद्ध नेतृत्व गर्ने निर्देशन दिने नेपाली कांग्रेसका तत्कालिन सभापति वीपी कोइराला, कृष्ण प्रसाद भट्टराई ,कम्यूनिष्ट पार्टीका नेताहरु मोनमोहन अधिकारी लगायत धेरै नेताहरुलाई पक्राउ गर्दै  छाड्ने वारम्वरा गरिएको थियो । तिनै नेताकै निर्देशनमा हतियार उठाउदै संर्घष गर्ने आन्दोलन गर्ने कार्यकर्ताहरुलाई भने फाँसीको सजाय दिएर मृत्यु दण्ड दिने काम हुन्थ्यो । नेपाली कांग्रेसका तत्कालिन सभापति वीपी कोइरालाको निर्देशनमा हतियार उठाउदै  पूर्वमा सशस्त्र संर्घष गरेका कारण कप्तान यज्ञ वहादुर थापा र राजा विराटनगर सवारी हुदा बम हानेको अभियोगमा भीम नारायण श्रेष्ठलाई लामोसमयसम्म कठोर जेल सजायपछि फाँसीको सजाय दिदै गोली हानी हत्या गरिएको  थियो ।

फाँसीको सजाय दिनका लागि उनलाई काठमाण्डौ स्थित सेन्टर जेलको (गोलघर)बाट वाहिर निकाल्दै गर्दा जेलमासंगै लामो समयसम्म वसेका साथीहरु राधाकृष्ण मैनाली ,केपी शर्मा ओली ,सि पी मैनाली, मोहन चन्द्र अधिकारी लगायतका अन्य नेता साथीहरुलाई भीम नारायण श्रेष्ठले जिवन रहे भेट हुन्छ । मिलेर संर्घष गरिन्छ । नरहे हाम्रो भेट यति हो । बाचेकाले क्रान्ति गर्नु मेरो यही खवर सुनाई दिनु भनेका थिए ।

१९९४ असार २४ गते  जन्मिएका भीम नारायण श्रेष्ठले पञ्याती व्यवस्थाको विरुद्ध सानै उमेर देखि धनकुटका सक्रिय थिए । नेपाली कांग्रेस धनकुटका विभिन्न पदहरुम रही नेतृत्व समेत प्रदान गरेका थिए भने उनि राजनितिसंगै धनकुटामा विभिन्न सामाजिक कार्यहरु पनि  सक्रिय रहेका थिए । उनि धनकुटाबाट विराटनगर जाने र विराटनगरबाट विपी कोइरालालाई भेट्न इन्डिया जाने र त्यहाबाट विपी लगायत कांग्रेसका नेताहरको निर्देशनमा पार्टीको गतिविधिहरु गोप्प रुपमा विराटनगर,धरान र धनकुटकामा संचालन  गर्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ