arrow

शिल्पासँग छविले मागे माफि, मुद्दा अगाडि बढाइने

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
shilpa-pokhrel-and-chhabi-ojha.jpg

काठमाडौं । चलचित्र निर्माता छवि ओझाले नायिका शिल्पा पोखरेलसँग माफि मागेका छन् ।  नायिका पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकाले बिहिबार काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने र यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिए।

सहमतिपछि परिसरमा पत्रकारसँग  कुरा गर्दै नायिका पोखरेलले भनिन्, “मलाई जे पर्‍यो त्यो मैले भोगेँ, यदि कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।”  

पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा मागेको बताइन् । चलचित्र निर्माता ओझाले सामान्य घरझगडा प्रहरीमा आउनुपर्ने खालको नभए पनि यसमा मेलमिलाप भइसकेको जानकारी दिइन् ।

  ‘लज्जा’ चलचित्रबाट पोखरेललाई ओझाले नै चलचित्रको नायिकामा ल्याएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि ओझाले पोखरेलसँग विवाह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ