कांग्रेस प्रवक्ताको प्रधानमन्त्रीलाई झटारो- `लगाम´ उपहार पठाउँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?

प्रकाशित मिति : २०७६ असार २६ बिहिबार
फाइल तस्विर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विट मार्फत कडा जबाफ फर्काएका छन् । उनका मन्त्रीले ‘दिनभर बिपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?’ भन्ने प्रश्न गरेपछि प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई  `लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ? भन्ने प्रश्न गरेका हुन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले सरकारको आलोचनाका नाममा गलत बाटो लिएको भन्दै ‘कांग्रेसको शान्ति एउटा तारा र लोकतन्त्रको अर्को तारा कता हरायो ? हिंसा र निषेधको राजनीतिलाई सँगै लाने कांग्रेसको कस्तो दृश्य ?’ भनेका थिए ।  बाँस्कोटाले संविधान, कानुन र शान्तिविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न गरेका थिए ।

सरकारका प्रवक्ताको उत्तर दिदै बिहिबार कांग्रेस प्रवक्ता शर्माले ट्विट गर्दै भने,'प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै `फोटोकपी´ मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न । भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न ! `लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?'

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बेला बेलामा बोलेका कुरा पार्टी भित्रै तथा सामाजिक सञ्जालमा चर्को आलोचना हुदै आएको छ । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ