arrow

'प्रदेश दुईको सरकार भ्रष्टाचारमा लिप्त, भैंसी वितरणमा समेत हिनामिना'

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असार २६ बिहिबार
yadhav5.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुईको सरकार भ्रष्टाचारमा लिप्त भएको नेपाली कंग्रेसका केन्द्रीय सदस्य एक पुर्व खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव आरोप लगाएका छन् ।

बिहीबार जनकपुरधाममा  पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकारको काम कर्तव्यमाथि प्रश्न चिह्न लागेको पुर्व मन्त्री यादवले आरोप लगाएका छन ।

पुर्व मन्त्री यादवले भने,'कुम्भकर्णजस्तै निद्रामा सुतेको यो सरकार एकपछि अर्को जनचाहनाविपरीत काम गर्दै गइरहेको छ।' सरकारले प्रदेश नम्बर दुईका जनताको भावनासँग खेलवाड गरेको पुर्व मन्त्री यादवले पत्रकार सम्मेलनमा बताए।

नेपाल प्रेस युनियन धनुषाको आयोजनामा भएको पत्रकार समेलनमा बोल्दै  पुर्व मन्त्री यादवले भने, ‘यो निकम्मा र भिजनलेस सरकारले ११ महिनामा शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधारलगायत कुनै क्षेत्रमा ठोस काम गर्न नसकेका बताए ।

११ महिनामा जम्मा १३ प्रतिशत रकम खर्च गरेको सरकारले २३ दिनमा मात्र कसरी ४ अर्ब भन्दा बढी रकम खर्च गर्‍यो  भन्ने प्रश्न गर्दै पुर्व मन्त्री  यादवले भने, ‘अज्ञानी सरकारले अहिले लुट मच्चाएका छन । यो सरकारले गरेको भ्रष्टाचारको विषयमा अख्तियारबाट छानबिन गर्नुपर्छ ।'

प्रदेश नम्बर दुईका सरकारप्रति निक्कै कडा रूपमा प्रस्तुत भएका पुर्व मन्त्री यादवले सरकार जनताको सरकार नै नभएको बताए।

पूर्वमन्त्रीले भने, प्रदेश नम्बर दुई का सरकार पहिलाको जिल्ला विकास समिति जस्तै भयो। यो सरकारले विकास निर्माणमा कानुनविपरीत उपभोक्ता समिति बनाएर आफ्नो नातागोता र कार्यकर्तालाई पाल्ने मात्र काम गरेको बताए ।

पुर्व मन्त्री यादवले अर्को प्रसंगमा भने ‘यो सरकारले भैंसी वितरणमा समेत हिनामिना  गरेको हो ।  ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा समेत करोडौंको घोटाला भएको बताए ।

प्रदेशसभा भवनको मर्मत र प्रदेश सरकार गठनपश्चात् भएको सामग्री खरिद र रंगरोगनमा भएको चलखेलबारे गठित छानबिनन समितिको प्रतिवेदन आइसकेको र व्यापक भ्रष्टाचार भएको सदनमै प्रस्ट भइसकदा पनि भ्रष्टाचारीलाई कारवाही नगरेको प्रति पुर्व मन्त्री यादवले  दुख व्यक्त गरे का हुन् ।

भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले होडिङ्ग बोर्डमा समेत कमिसन खाएर काम गरेको आरोप पुर्व मन्त्री यादवले पत्रकार समेलनमा बताए ।

प्रदेश सरकारको काम गराइको पाराले गर्दा केन्द्र सरकारले दिएको बजेटसमेत फिर्ता जाने ठोकुवा गरे । भ्रष्टाचारमा आफ्नै पार्टी कांग्रेसका नेता कार्यकर्ता सहभागी छन् भने पनि उनीहरुमाथि कारवाही हुन्छ पुर्व मन्त्री यादवले बताए ।

कार्यक्रम मा नेपाली कांग्रेस  धनुषा का सभापति महेशसंकर गिरी ,क्षिलेश्वरनाथ नगरपालिका का मेयर योगेन्द्र पजियार,जनकपुरधाम नेपाली कांग्रेस नगर समिति अध्यक्ष मनोज साह,युवा नेता कुमरकान्त झा, प्रफुल्ल राज घिमिरे, मैथिली विकास कोष का अध्यक्ष जिवनाथ चौधरी  लगायत का नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ