arrow

क्रिकेटमा अन्डरवर्ल्ड डनसँग बसिन् नायिका, डुब्यो जीवनको नौका

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
mandira-dawd.jpg

काठमाडौं । राज कपूरले भारतीय फिल्म उद्योगमा धेरै हिट फिल्म दिएका छन् । यसै क्रममा उनको केही फिल्मले इतिहासमा नाम लेखाएका छन् । यस्तोमा उनको एक फिल्मको नाम 'राम तेरी गंगा मैली' हो । यो फिल्मसँग जोडिएको केही कहानी धेरैलाई थाहा नहुन पनि सक्छ ।

सन् १९८५ जुलाई २५ मा रिलिज भएको फिल्म 'राम तेरी गंगा मैली'मा राजीव कपूरको नायिकामा मन्दाकिनी थिइन् । तर, यो फिल्ममा राज कपूरको पहिलो रोजाइमा भने उनी थिइनन् । राज कपूरले यसअघि संजना कपूरलाई उक्त फिल्ममा मौका दिने योजना बनाएका थिए । पछि गंगाको भूमिकाका लागि डिम्पल कपाडियाको पनि स्क्रिन टेस्ट गरिएको थियो । अन्तिममा यो भूमिका मेरठमा बस्ने यास्मीन जोसेफ अर्थात् मन्दाकिनीको पोल्टामा आएको थियो ।

यो फिल्ममा झर्नामुनि सेतो कपडा कपडा लगाएर भिजेको मन्दाकिनीको सिन निकै चर्चित भएको थियो । २२ वर्षकी मन्दाकिनीले पर्दामा बोल्ड सिन दिएर सबैलाई आश्चर्यमा पारेकी थिइन् । यो फिल्मका लागि उनलाई फिल्मफेयर अवार्ड्समा बेस्ट एक्ट्रेसको मनोनयन पनि मिलेको थियो ।

साडी लगाएर पानीमा नुहाइरहेकी मन्दाकिनीको सो सिनको व्यापक विरोध पनि भएको थियो । तर, फिल्म सुपरहिट भयो । सन् १९९४–९५ मा मन्दाकिनी दुबईको शारजाहमा भारत–पाकिस्तानको क्रिकेट खेल चलिरहेको अवस्थामा अन्डरवर्ल्ड डन दाउद इब्राहिमको साथमा देखिएकी थिइन् ।

दुईबीचको तस्वीर र केही कहानीले चर्चा पनि बटुल्यो । तर, मन्दाकिनीले भने सधैं यसलाई अस्वीकार गरिन् । मन्दाकिनीको करियर सन् १९९६ मा आएको फिल्म जोरदारसँगै सकियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ