arrow

सरकारविरुद्ध नेविसंघले निकाल्यो मसाल जुलुस

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
masal1.jpg

काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारको कार्यशैलीप्रति असहमति जनाउँदै काठमाडौंमा मसाल जुलुस निकालेको छ । सरकारका मन्त्री एवं प्रधानमन्त्रीको अभिव्यक्ति र उनीहरुको कार्यशैलीप्रति विरोध गर्दै मसाल जुलुस निकालेका हुन् । 

उनीहरुको विरोध पछिल्लो समय सरकार एउटा निर्णय गर्ने र विदेशी शक्तिहरुको दबाबमा जनताहरुलाई विषयुक्त तरकारी खुवाएकोप्रति थियो । पछिल्लो समय सरकार आफ्नै निर्णयका कारण दैनिक विवादित बन्दै आएको छ । 

देशका विभिन्न स्थानमा निकालिएको मसाल जुलुस मध्ये चावहितमा निकालिएको मसाल जुलुसमा नेविसंघका पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाले नेतृत्व गरेका थिए । उनको नेतृत्वमा ओम अस्पताल अगाडिबाट निस्किएको मसाल जुलुस चाबहिल चोकसम्म पुगेको थियो । 

सो मसाल जुलुसमा नेविसंघका नेताहरु नारायण हमाल, पशुपति क्याम्पसका नेता सुशान्त तामाङ्ग, कैलासकुट क्याम्पसका अध्यक्ष सुरज दाहाल लगायतको उपस्थिति थियो । यसैको विरोधमा शुक्रबारपनि नेविसंघले माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ