arrow

सबैले गर्नुपर्छ सृष्टिको नियमको पालना, नत्र सृष्टिले दिन्छ दण्ड

स्वामी विवेकानन्दका तत्वदर्शी गुरु रामकृष्ण परमहंस धर्म र अध्यात्म बारे के भन्छन् ?

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
universe.jpg

काठमाडौं । स्वामी विवेकानन्दका तत्वदर्शी गुरु रामकृष्ण परमहंसको जीवनका केही यस्ता प्रसंग छन्, जसले सुखी र सफल जीवनको सूत्र बताउँछन् । यदि यो सूत्रलाई जीवनमा पालना गर्ने हो भने मानिसलाई उत्पन्न हुनसक्ने धेरै समस्याबाट बच्न सकिन्छ ।

यहाँ उनका केही प्रसंग उल्लेख गरिएको छ – एकदिन रामकृष्ण परमहंस आफ्ना शिष्यहरुसँग बसिरहेका थिए । उनी धर्म र अध्यात्मको विषयमा कुरा गरिरहेका थिए । त्यसैबीच एक शिष्यले सोधे,'यो सृष्टि यति ठूलो छ, यहाँ यति धेरै विविधता छ, तरपनि सबै सृष्टि नियन्त्रणसँग कसरी चलिरहेको छ ?'

परमहंसले जवाफ दिँदै भने,'सृष्टिको रचना परमात्माले गरेका हुन् । सम्पूर्ण सृष्टिमा उनकै अधिकार छ । ईश्वरको नियममा कुनै किसिमको त्रुटि छैन । उनको कानुन निकै कडा छ । जसले जस्तो किसिमको काम गरिरहेको छ, उसले त्यस्तै किसिमको फल पाउँछ ।'

गुरु रामकृष्ण परमहंस र स्वामी विवेकानन्दका

 परमहंसले भने,'जंगलमा असंख्य जनावर हुन्छन् । सबैले आफ्नो अस्तित्व राख्नका लागि संघर्ष गर्छन् । सबैले निकै राम्रो तरिकाले यो काम गर्दै पनि आएका छन् । यो शक्ति भगवान्ले नै दिएका हुन् । आकाशमा असंख्य नक्षत्र छन्, सबैले आफ्नो नियमअनुसार टिकेका छन् । कुनै पनि ग्रह सृष्टिको नियमभन्दा बाहिर जाँदैनन् । हाम्रो समाजमा असंख्य मानिस छन्, सबैको सोच फरक किसिमको छ । तर, एकअर्काको बीचमा प्रेम र मैत्रीभावका साथमा रहने गरेका छन् । जसले सृष्टिको नियमलाई तोड्छ, प्रकृतिले उसलाई पक्कै पनि दण्ड दिन्छ ।'

'यो पूरा सृष्टि ईश्वरको परिवार हो । सबैमा भगवानको नियन्त्रण छ । यहाँ सबैले यहाँ आफ्नो नियमको पालना गर्नुपर्छ । त्यसैले हामीले गलत  मर्गबाट बच्नु जरुरी छ । अन्यथा प्रकृतिको नियम निकै कठोर हुन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ