arrow

इंगल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, अष्ट्रेलिया निरीह 

विश्वले नयाँ विश्वकप विजेता पाउँदै

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
england13.jpg

काठमाडौं । इंगल्याण्ड एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बर्मिङघममा बिहीबार राति भएको सेमिफाइनल खेलमा इंगल्याण्डले अष्ट्रेलियामाथि ८ विकेटको शानदार जितसहित फाइनलमा स्थान बनाउन सफल भएको हो । 

इंगल्याण्डले ३२.१ ओभरमै २ विकेटको नोक्सानीमा जित हासिल गर्न सफल भएको हो । जेसन रोयले ६५ बलमा ८५ रन बनाए ।

जो रुटले ४६ बलमा नटआउट ४९ रन बनाए । कप्तान ओइन मोर्गानले ३९ बलमा नटआउट ४५ रन बनाए भने जोनी बेयरस्ट्रोले ३४ रन बनाए । 

यसअघि स्टेभेन स्मिथको ८५ र एलेक्स क्यारीको ४६ रनको मद्धतले अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनाएको थियो । 

क्रिस वोक्स र आदिल रसिदले ३– विकेट लिए । जोफ्रा आर्चरले २ विकेट लिए । 

सन् १९९२ पछि पहिलो पटक इंगल्याण्ड फाइनलमा पुगेको हो । २७ वर्षपछि फाइनलमा पुगेको इंगल्याण्ड सन् २०१५ को विश्वकपमा पहिलो चरणमै आउट भएको थियो । 

अष्ट्रेलिया डिफेन्डिङ च्याम्पियन हो । पाँच पटकको च्याम्पियन अष्ट्रेलिया बाहिरिएको हो । 

फाइनलमा आइतबार न्यूजिल्याण्ड र इंगल्याण्ड भिड्ने छन् । दुवैले अहिलेसम्म विश्वकपको उपाधि जितेका छैनन् । 
न्यूजिल्याण्ड लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ