arrow

अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल समीकरण पूरा 

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
football16.jpg

काठमाडौं । ट्युनेसिया अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वार्टरफाइनल खेलमा माडागास्कारलाई ३–० गोल अन्तरले हराउँदै ट्युनेसिया सेमिफाइनललमा पुगेको हो । 

 १५ बर्षपछि प्रतियोगिताको सेमिफाइनलमा पुग्ने क्रममा ट्युनिसयाले उत्कृष्ट प्रदर्शन गरेको हो । 

५२ औं मिनेटमा फिरजानी सासीले गोल गर्दै टिमलाई अग्रता दिलाए । ६० औं मिनेटमा युसुफ मिसकनीले टिमको अग्रता दोब्बर पारे । 

नइम स्लेटीले अतिरिक्त समयमा गोल गर्दै टिमको जित सुनिश्चित गरे । 

विश्व वरियताको १ सय ८ औ स्थानमा रहेको माडागास्कारले पहिलो पटक प्रतियोगितामा सहभागीता जनाएको हो । उसले सन् २०१७ बाट अफ्रिका कप अफ नेसन्सको छनोट खेल्न लागेको हो ।

यो संगसंगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । आइतबार हुने सेमिफाइनलमा ट्युनेसियाले सेनेगलसंग प्रतिस्पर्धा गर्नेछ । 

त्यसैगरी अर्को सेमिफाइनलमा अल्जेरियाले नाइजेरियासंग प्रतिस्पर्धा गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ