arrow

सेरेना बनिन् सबैभन्दा बढी उमेरकी फाइनलिष्ट 

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
serena4.jpg

काठमाडौं । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स सबैभन्दा बढी उमेरकी फाइनलिष्ट खेलाडी बनेकी छिन् । ३७ वर्षको उमेरमा विम्बल्डन टेनिसको फाइनलमा पुग्ने कीर्तिमान सेरेनाले बनाएकी हुन् । 

बिहीबार राति भएको सेमिफाइनलको खेलमा बारबोरा स्ट्रारकोवालाई पराजित गर्दै सेरेना ग्राण्डस्लामको अर्को कीर्तिमान नजिक पनि पुगेकी छिन् । 

Williams pictured hitting a fierce forehand during her semi-final against Strycova

२३ वटा ग्राण्डस्लाम जितेकी सेरेना अल टाइम रेकर्डहोल्डर अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको २४ औं ग्राण्डस्लाम उपाधिको बराबरी नजिक पुगेकी छिन् ।

A packed-out crowd on centre court watch on from the stands as Williams returns to Strycova

सेरेनाले सहज जित निकाल्ने क्रममा चेक खेलाडी बारबोरालाई ६–१ र ६–२ को साझो सेटमा पराजित गरिन् ।

Strycova desperately stretches her arms out to try and return the ball from deep

उनले जितका लागि मात्र ५९ मिनेटको समय लगाएकी थिइन् । 

उनले उपाधिका लागि अब रोमानियाकी खेलाडी सिमोना हालेपसंग प्रतिस्पर्धा गर्नेछिन् । 

Halep celebrates on Centre Court after booking her place in the final with a 6-1, 6-3 victory

युक्रेनकी एलिना स्वीटोलिनालाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गर्दै हालेपले पनि फाईनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

Simona Halep pictured in action at Wimbledon on Thursday during her win over Elina Svitolina

हालेपले एउटामात्र ग्राण्डस्लाम जितेकी छिन् । २७ वर्षे हालेपले सेरेनालाई टक्कर दिइरहेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ