arrow

वर्षाले खतरा बढ्यो, राजमार्गहरु अवरुद्ध, सचेत रहन आग्रह

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
weather3.jpg

काठमाडौं । वर्षाका कारण देशभर जनजीवन बिग्रिएको छ । तराईमा डुबान र पहाडी भेगमा पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको हो । 

मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुन पूर्ण सक्रिय भई देशभरि पूर्ण बदली रहेको जनाएको छ । महाशाखाले धेरै स्थानहरुमा वर्षा भईरहेको जनाएको छ । 

शुक्रबार र शनिबार देशको अधिकांश स्थानहरुमा वर्षा हुने, केहि स्थाहरुमा भारि वर्षा हुने र थोरै स्थानहरुमा धेरै भारि वर्षा हुने  संभावना भएकोले उच्च  सतर्क भई बस्न आग्रह समेत गरिएको छ । 

बिहीबार रातिदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । 

राजमार्गहरु अवरुद्ध–

लगातारको वर्षाका कारण पहिरो जाँदा मुग्लिन सडकखण्ड एकतर्फी मात्रै सञ्चालनमा रहेको छ । 

काभ्रेको रोशी गाउँपालिका ११ स्थित पिप्ले, कालढुङगामा पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।

 बुटवलबाट पाल्पा जाने सडक अवरुद्ध भएको छ । 

स्थानीय तहका अधिकांश सडकहरु पहिरोका कारण अवरुद्ध रहेका छन् । 

राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले नदी तथा खोला किनारमा सचेत रहन आग्रह गरेको छ । हिलो र पानी जमेका कारण काठमाडौं उपत्यका पनि अस्तव्यस्त बनेको छ । 

लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन्। कोशी अञ्चल अस्पताल डुबेको छ।

सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन् ।

 पहिरोकै कारण बूढीगंगा नदी थुनिँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ