arrow

कसले खेले यसपटक अन्तिम विश्वकप ? प्रदर्शन कस्तो ?

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
dhoni.jpeg

काठमाडौं । हरेक एक दिवसीय विश्वकप क्रिकेट खेलेपछि रिटायरमेन्ट लिने खेलाडीहरुको लिष्ट लामै हुन्छ । 

यसपटक पनि इंगल्याण्डमा भइरहेको विश्वकपबाट आधा दर्जन भन्दा बढी खेलाडीले सन्यास लिँदै छन् । 

विश्वकपको फाइनलमा न्यूजिल्याण्ड र इंगल्याण्ड आइतबार भिड्दै छन् । यो फाइनल अगाडि सेमिफाइनलसम्म ७ खेलाडीले अन्तिम विश्वकप खेलेका छन् । 

यसमा भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी पनि हुन् । त्यसैगरी वेष्ट इन्डिजका खेलाडी क्रिस गेल, श्रीलंकाका खेलाडी लसिथ मालिंगा, दक्षिण अफ्रिकाका खेलाडी जेपी डुमिनी पनि रहेका छन् । 

त्यस्तै दक्षिण अफ्रिकाकै इमरान ताहिर, पाकिस्तानका शोएब मलिक र बंगलादेशका मसरफ मुर्तजाले पनि अन्तिम खेल खेलेका हुन् । 

यी सबैमा सबैभन्दा राम्रो प्रदर्शन धोनीले नै गरेका छन् । धोनीले ९ खेलबाट २७३ रन बनाए । ३८ सालका धोनीले अन्तिम खेलमा न्यूजिल्याण्ड विरुद्ध ५० रन बनाएका थिए । 

३९ वर्षीय क्रिस गेलले ८ खेलबाट २४२ रन बनाए । पाकिस्तानका ३७ वर्षे शोएब मल्लिकले ३ खेल खेल्न पाए र जम्मा ८ रन बनाए । 

मालिंगाले ७ खेलमा १३ विकेट लिए । ताहिरले ९ खेलमा ११ विकेट लिए । 

मुर्तजाले १ विकेट लिए । अन्तिम खेलमा उनले ७ ओभरमा कुनै सफलता हात पारेनन् । 

त्यस्तै ३५ वर्षीय डुमिनीले ४ खेलमा जम्मा ७० रन बनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ