arrow

चिकित्सा क्षेत्रमै हलचल ल्याएका १० नयाँ प्रविधि

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
medical-technology.jpg

काठमाडौं । चिकित्सा क्षेत्रमा नयाँ प्रविधि निकै महत्वपूर्ण हुन्छ । धेरै लामो समयदेखि प्रविधि र चिकित्सा क्षेत्रको सम्बन्ध निकै नजिकको रहँदै आएको छ । नयाँ प्रविधिको आविष्कारले लाखौं मानिसको ज्यान बचाउँदै आएको छ भने उपचार पनि सहज बनाउँदै आएको छ । समयसँगै प्रविधिमा पनि सुधार आइरहेका छन् । यसै क्रममा प्रत्येक वर्ष नयाँ प्रविधि आउने गरेका छन् । यसै क्रममा यस वर्षका १० नयाँ चिकित्सा क्षेत्रका प्रविधि यस्ता छन् –

१. सीआरआईएसपीआर
क्लस्टर्ड रेगुलर्ली इन्टरस्पेस्ड सर्ट पालिन्ड्रोमिक रिपिट्स (सीआरआईएसपीआर) अहिलेसम्मकै सबैभन्दा विकसित जिन परिवर्तन गर्नसक्ने प्रविधि हो । यसले प्राकृतिक गुणलाई नै परिवर्तन गरेर डीएनए भाइरसबाट बचाउँछ । यसको माध्यमबाट आगामी दिनमा अन्य रोगको पनि निदान गर्न सकिन्छ । आगामी दिनमा क्यान्सर, एचआईभीजस्ता रोगको लागि पनि महत्वपूर्ण योगदान दिन सक्छ । यो प्रविधिको प्रयोगमा केही विवाद पनि देखिएका छन् । विशेषगरी मानिसको मान्यताबारे यसमा केही विवाद देखिएको हो । अहिलेसम्म यसको वास्तविक क्षमता कति हो भन्ने विषयमा पनि थाहा पाउन सकिएको छैन । यसले आगामी दिनमा कुनै प्राणघातक रोग लागेका मानिसको आयु बढाउन सहयोग गर्छ ।

२. टेलिहेल्थ
प्रविधिले अगाडि बढाइरहेको यो विश्वमा ६० प्रतिशत ग्राहक डिजिटल सेवा मन पराउँछन् । डक्टरसँग प्रत्यक्षरुपमा अप्वइन्ट लिएर भेट्नुभन्दा डिजिटलरुपमा पाइने सूचना हेर्न र पढ्न बिरामीलाई सहज हुन्छ । यसका लागि पछिल्लो समय बिरामीले मात्र प्रयोग गर्न सक्ने गरी एक एपको निर्माणको काम अघि बढिरहेको छ । यसले बिरामिलाई भिजिसियनसँग अप्रत्यक्षरुपमा कुराकानी गर्न र अन्य चिकित्साविद्बाट सल्लाह सुझाव लिन सजिलो बनाउँछ । विशेषगरी यस किसिमको प्रविधिको प्रयोग बिरामिको स्याहारको लागि निकै महत्वपूर्ण हुने गरेको छ ।

३. भर्चुअल रियालिटी
भर्चुअल रियालिटीको प्रयोग पछिल्लो समय चिकित्सा क्षेत्रमा बढ्दो क्रममा छ । यो प्रविधिको प्रयोग गरी चिकित्सा क्षेत्रका विद्यार्थीलाई वास्तविक जीवनको विषयमा थप नजिकबाट नियाल्ने मौका मिल्छ । उनीहरुले भीआर प्रविधिको प्रयोग गरी वास्तविकरुपमा मानव शरीरले कसरी काम गरिरहेको छ भन्ने कुरा प्रत्यक्षरुपमा देख्न सक्छन् । यसबाट राम्रोसँग बिरामिको राम्रोसँग उपचार गर्न सकिन्छ ।

४. सटिक औषधि
चिकित्सा क्षेत्रमा प्रविधिको विकार भएसँगै उपचार पनि सटिक हुँदै गएका छन् । कुनै एक बिरामीको लागि छुट्टै किसमको उपचार सेवा दिने क्रम शुरु भइसकेको छ । उदाहरणको लागि फिजिसियनले क्यान्सरजस्ता रोगको लागि औषधि र थेरापी गराउने गर्छन् । यस किसिमको उपचार ट्युमरमा आधारित बिरामीको जिन र प्रोटिनको तुलनामा बढी प्रभावकारी हुन्छ ।

५. हेल्थ वेयरेबल्स
लगाउन सकिने स्वास्थ्य उपकरणको माग पछिल्लो केही वर्षयता व्यापक मात्रामा बढेको छ । सन् २००० मा यस किसिमको उपकरण सार्वजनिक भएयता यसको विस्तार व्यापक मात्रामा भएको हो । अहिले मानिसहरु यसको प्रयोग गरी आफ्नो हिँडाइ, भौतिक फिटनेस र मुटुको गतिका साथै सुताइको अवस्था पनि आफ्नो फोनबाट थाहा पाउन सक्छन् । त्यसका साथै मधुमेहलगायतका केही रोगको निगरानी पनि आफ्नो मोबाइलबाटै गर्न सक्छन् ।
सन् २०२४ सम्म विश्वभर वेयररेबल डिभाइसको बजार ६७ अर्ब डलरको हुने अनुमान गरिएको छ ।

६. कृत्रिम अर्गान
थ्रीडी प्रिन्टको साथै बायो–प्रिन्टिङ पनि चिकित्सा क्षेत्रमा विकसित हुँदै गएको प्रविधि हो । यसको प्रयोग गरी डढेको छाला कृत्रिमरुपमा निर्माण गर्न सकिन्छ । त्यसका साथै अन्य सम्भावनाहरुको विषयमा पनि अहिले अध्ययन भइरहेको छ । वैज्ञानिकहरुले अहिले कृत्रिम अर्गानको प्रयोग गरी शरीरमा खराब भएका अंगहरु हटाउन रक्तनली, पाठेघर र प्यांक्रियाजको जस्ता अंग निर्माणको लागि प्रयास गरिरहेका छन् ।

७. थ्रीडी प्रिन्टिङ
अहिलेसम्म धेरैले विचार गर्नुभएको छैन होला तर अबको केही समयमा नै थ्रीडी पिन्टिङ निकै महत्वपूर्ण प्रविधिको रुपमा विस्तार हुने क्रममा छ । यसको प्रयोग गरी विभिन्न वस्तु तथा उपकरणको आकार र अवस्थाको विषयमा राम्रो जानकारी पाउन सकिन्छ । यसले उपचारमा सहयोग गर्छ । यसले ठूला साथै साना घुलेर रहने औषधिको पनि थ्रीडी पिन्ट निकाल्न सक्छ । यसले बिरामीलाई कस्तो किसिमको उपचार तथा औषधि आवश्यक छ भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ ।

८. वायरलेस ब्रेन सेन्सर
अहिले वैज्ञानिक तथा डक्टरहरु बायोरिजर्भेबल इलेक्ट्रोनिक्स निर्माणको दिशामा अघि बढिरहेका छन् । यसलाई मानिसको मस्तिष्कमा राख्न सकिन्छ । यो काम सकिएपछि यो आफैं मस्तिष्कमै हराएर जान्छ । यस किसिमको डिभाइसले मस्तिष्कको तापक्रम र रक्तचापको उपचार गर्न सक्छ । त्यस किसिमको सेन्सर मस्तिष्कमा घुलेपछि मस्तिष्कको धेरै थप सर्जरीमा पनि कम गर्न सकिन्छ ।

९. रोबटिक सर्जरी
रोबोटिक सर्जरी नकारात्मक प्रभाव निकै कम गर्ने प्रविधि हो । यसले यसको माध्यमबाट उपचारमा पनि निकै ठूलो सहयोग गर्छ । रोबोटिक सर्जरीको क्रममा सर्जनले निकै जटिल प्रक्रिया पनि निकै सहज तरिकाले पूरा गर्न सक्छन । प्रविधिको विस्तार भइरहेको क्रममा यसलाई आगामी दिनमा एग्युमेन्ट रियालिटी (एआर)सँग जोड्न सकिन्छ । यसले सर्जनहरुलाई महत्वपूर्ण थप सूचना पनि प्रदान गर्न सक्छ । नयाँ आविष्कारको विस्तार भइरहेको अवस्थामा आगामी दिनमा प्रविधिले मानव सर्जनलाई विस्थापित गर्नसक्ने आशंका पैदा भएको छ । तर, यो प्रविधिलाई भविष्यमा मानिसलाई सहयोग गर्नका लागि मात्र प्रयोग गरिने छ ।

१०. स्मार्ट श्वास लिने डिभाइस
श्वास लिने डिभाइस दम रोगका बिरामीको लागि महत्वपूर्ण उपचार हो । यदि यसलाई सही तरिकाले प्रयोग गर्न सकिएको अवस्थामा यो ९० प्रतिशत मानिसको लागि प्रभावकारी साबित हुन सक्छ । तर, वास्तविकतामा भने निकै कमले मात्र यसको सही प्रयोग गर्ने गर्छन् । यस्तोमा बिरामीको अवस्थालाई नियन्त्रणमा राख्न ब्लुटुथ–इलेबल स्मार्ट इन्हेलर्सको विकास गरिएको छ । एक सानो डिभाइस श्वास लिने डिभाइससँग जोडिन्छ । यसमा प्रत्येक डोनको समय र मिति तय गरिएको हुन्छ । यो विवरण बिरामीको स्मार्टफोनमा पठाइन्छ । जसबाट उनीहरुले आफ्नो अवस्थालाई सधैं नियन्त्रणमा राख्न सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ