arrow

एक अर्बका हतियार किन्ने वामदेवको योजना विफल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1510332045.jpeg
काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ) लाई १ अर्ब रुपैयाँ बराबरका हातहतियार–गोलीगठ्ठा टेन्डर प्रक्रियाबाट खरिद गर्ने उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रयास विफल बनेको छ । दुवै प्रहरी संगठनका लागि अन्तर्राष्ट्रिय बोलकबोल (ग्लोबल टेन्डर)बाट सुरक्षा सामग्री खरिद गर्ने गृहमन्त्री गौतमको प्रयास नेपाल प्रहरीले असहमति जनाएपछि सफल हुन नसकेको हो ।
 
प्रहरीले इजरायल, रुस, बेल्जियमलगायत मुलुकबाट खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको छ । कतिपय हतियार भारतबाट ल्याउने प्रहरीको तयारी थियो । तर, भारतले अघोषित नाकाबन्दी गरेपछि अनौपचारिक छलफल अन्यत्र मोडिएको छ । सशस्त्र प्रहरी मुख्यालयले पनि अर्थ मन्त्रालयबाट रकम निकासा नभई खरिद प्रस्तावसम्बन्धी प्रक्रिया अघि नबढाइने जनाएको आजको कारोबार दैनिकमा खबर छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ