arrow

प्रधानमन्त्रीलाई नागरिक समाजको स्मरणपत्र

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1534758126.jpeg
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र नागरिक समाजका अगुवाले तराई मधेसमा देखिएको समस्याको समाधान वार्ता र संवादबाटै गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक स्मरणपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर शनिवार उनीहरुले तराई मधेसको आन्दोलन र भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दी फरक–फरक विषय भएकाले त्यसलाई फरक कोणबाट हेर्नसमेत आग्रह गरेको छ । 

नेपाली जनतालाई राष्ट्रवादी र अराष्ट्रवादीको कित्तामा विभाजन गरेर नहेर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई बुझाइएको सामुहिक स्मरणपत्रमा भनिएको छ, “देशमा एउटा पक्षलाई राष्ट्रवादी र अर्को पक्षलाई अराष्ट्रवादी भनेर विभाजन गर्ने सोचाइमा नै परिवर्तन गर्नु आवश्यक छ ।” 

राष्ट्रवादी र अराष्ट्रवादीभन्दा पनि मुलुकको वर्तमान अवस्थाको परिदृश्यबाट नियाल्न स्मरणपत्रमा अनुरोध गरिएको छ । आफ्नो क्षणिक सत्तास्वार्थमा कहिले कसैका सामु लम्पसार पर्ने र कहिले एक अर्काका विरुद्ध एक अर्कालाई उभ्याउने वचकना खेल र भूमिकाबाट मुक्त हुँदै स्वाधिनता, स्वतन्त्रता र समानताका आधारमा दुई विशाल छिमेकीको यो वा त्यो राष्ट्रको निर्भरता वा परनिर्भरताका आधारमा होइन, अन्तरनिर्भरताका आधारमा राष्ट्रिय स्वार्थलाई अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । 

तराई मधेसको आन्दोलन चाँडो समाधान गर्न र नियन्त्रणभन्दा बाहिर जान दिन नहुने स्मरणपत्रमा अनुरोध गरिएको छ । स्मरणपत्र बुझाउनेमा पूर्व प्रधानमन्त्री डा भट्टराई, डा सुन्दरमणि दीक्षित, युग पाठक, खगेन्द्र सङ्ग्रौला, डा राजेश अहिराजलगायत छन्। संयुक्त स्मरणपत्रमा अभाव, महँगी, घुसखोरी तथा कालोबजारी नियन्त्रण गरी जनतालाई सरकार भएको प्रत्याभूति गराउनसमेत माग गरिएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले स्मरणपत्रको भावनाअनुसार अगाडि बढ्न सरकार तयार रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ