arrow

अमेरिकामा फेसबुकलाई ५ अर्ब डलर जरिवाना 

logo
एजेन्सी
प्रकाशित २०७६ असार २८ शनिबार
facebook1.jpg

काठमाडौं । अमेरिकी नियामकले सामाजिक सञ्जाल फेसबुकलाई डाटा सुरक्षा र गोपनीयता उलंघनको मामिलामा जाँचपछि ५ अर्ब डलर जरिवानाको निर्णय गरेको छ ।

स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार अमेरिकाको व्यापार मामिला हेर्ने फेडेरल ट्रेड कमिसन (एफटीसी)ले मार्च २०१८ मा फेसबुकमा लागेको डाटा लिकको मामिलामा अनुसन्धान शुरु गरेको थियो । जाँचको क्रममा कम्पनीले प्रयोगकताएको गोपनीयता र सुरक्षाबारे कमजोरी देखिएको हो । 

अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नलका अनुसार फेसबुकमाथि सन् २०१८ मा बेलायती कन्सल्टेन्सी फर्म क्याम्ब्रिज एनालिटिकाले आफ्ना करोडौं प्रयोगकर्ताको डाटा दिएको आरोप फेसबुकमाथि लगाएको थियो । त्यसपछि यस विषयमा फेसबुकमाथि प्रश्न चिह्न खडा भएको हो । 

यो मामिलामा फेसबुकका संस्थापक मार्क जुकरवर्गले पनि अमेरिकी संसदमा जवाफ दिएका थिए । 

प्रतिवेदनका अनुसार फेसबुकले आफूविरुद्ध जाँच शुरु भएपछि कानुनी सम्झौताको लागि ३ देखि ५ अर्ब डलर तिर्ने बताएको थियो । एफटीसीले पनि जाँच सकाउन केही शर्तमा उक्त जरिवानाको निर्णय गरेको हो । यो जरिवाना अमेरिकाको न्याय मन्त्रालयले अनुमोदन गर्न बाँकी छ । 

कमिसनले अहिले लगाएको जरिवाना कुनै पनि प्रविधि कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । तर, सन् २०१८ को फेसबुकको कुल आम्दानीको यो ९ प्रतिशत हो । यसअघि सन् २०१२ मा गुगललाई एफटीसीले २ करोड २५ लाख डलर जरिवानाको निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ