arrow

चार नयाँ आईफोन ल्याउँदै एप्पल, तीनमा ओएलईडी स्क्रिन

logo
एजेन्सी
प्रकाशित २०७६ असार २८ शनिबार
apple.png

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले विश्व बजारमा सन् २०२० सम्ममा आफ्नो चार आईफोन सार्वजनिक गर्ने तयारी गरेको छ । जेपी मोर्गन विश्लेषकले सञ्चारमाध्यमसँग कुरा गर्दै यी आईफोनको विशेषतामा पनि उल्लेख्य परिवर्तन हुनसक्ने बताएका छन् । 

प्रतिवेदनअनुसार कम्पनीले सार्वजनिक गर्न लागेको तीन आईफोनमा ओएलईडी स्क्रिन हुनेछ । जसमा ५.४ इन्च, ६.१ इन्च र ६.७ इन्चको डिस्प्ले साइजको फोन हुनेछन् । जबकी एक फोन एलसीडी डिस्प्लेको साथमा आउनेछ । 

यसका साथै यो डिभाइस फाइभजी कनेक्टिभिटी र एडभान्स थ्रीडी सेन्सिङ क्यामेरा प्रविधिले युक्त हुनेछ । यसका साथै चौथो आईफोनमा आईफोन ८मा जस्तै डिजाइन हुनसक्ने बताइएको छ । यसमा न फाइभजी हुनेछ न ओएलईडी प्यानल हुनेछ । 

एप्पलको यो नयाँ योजनाले सन् २०२० मा कम्पनीको व्यापार १९ करोड ५० लाखसम्म पुग्ने अनुमान गरिएको छ । सन् २०१९ मा कम्पनीले करीब १८ करोड डिभाइस बिक्री गरेको थियो । कम्पनीले क्वालकोमसँगको निर्भरता क मगर्न सन् २०२२–२३ सम्म आफ्नो फाइभजी मोडल बनाउने तयारी गरेको छ । 

आगामी आईफोन एक्सआर२ मा एप्पलले ए१३ प्रोसेसरको प्रयोग गर्नसक्ने अनुमान गरिएको छ । जसमा सेकेण्ड जेनेरेशन ७एनएम प्रोसेर हुनेछ । यसले ब्याट्रि परफर्मेन्स बढाउनुका साथै आईफोन एक्सआरको तुलनामा लामो ब्याट्रि लाइफ पनि हुनेछ । 

त्यसका साथै एप्पल अहिले आफ्नो २०१९ लाइनअप क्यामेराको रिजोलुशन पनि बढाउने विषयमा विचार गरिरहेको छ । यसको फ्रन्ट क्यामेरालाई ७ मेगापिक्सलबाट बढाएर १२ मेगापिक्सलसम्म अपग्रेड गरिनेछ । इसका साथै ६.५ इन्च र ५.८ इन्च डिस्प्ले भएको आईफोनमा ओएलईडी डिस्प्ले पनि हुनेछ । यसमा नयाँ सुपर वाइड १२ मेगापिक्सल क्यामेरा पनि हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ