arrow

 मलेसियामा सडक दुर्घटनामा परी दुई नेपालीको मृत्यु, शव नेपाल ल्याउन पहल हुँदै  

logo
प्रकाशित २०७६ असार २९ आइतबार
malaysia3.jpg

कञ्चनपुर । सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ ।

शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताए ।
     
आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ । 

मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । 

मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए । 
     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ