arrow

भोलिबाट बाढी विस्थापितहरु आफ्नै घर फर्किन सक्ने, आज कुन कुन नदीमा छ खतरा ?

logo
प्रकाशित २०७६ असार २९ आइतबार
denger-river1.JPG

काठमाडौं । सोमबारदेखि देशैभरका नदीहरुको अवस्था सामान्यीकरण हुने भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीहरुको अवस्था सामान्य भएसँगै विस्थापित समुदाय आ-आफ्नो टोल समुदाय फर्कन सक्नेछन्।

दैनिक बुलेटिन प्रस्तुत गर्दै महाशाखाले आइतबार प्रदेश १, २ र ३ को चुरेबाट बहने स-साना नदी जलाधारहरुमा थप वर्षा भई आकस्मिक बहाब पनि हुन सक्ने भनिएको छ । प्रमुख तथा मझौला नदीहरु भने सतर्कता तह तलै रहने पनि महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आइतबार देशको प्रदेश १, २ र ३ बाट बहने स-साना खोला तथा नदीहरु मध्ये खासगरी चुरेबाट बहने सतु, खाँडो, त्रियुगा लगायतमा केहीमा आकस्मिक बहाब हुने सम्भावना कायमै छ।

प्रमुख तथा मझौला नदीहरु कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ति र बबई आज दिनभर सतर्कता तह आसपास रहिरहने सम्भावना छ। सतर्कता तह पार हुने सम्भावना न्यून छ। कर्णाली र महाकाली नदी भने सतर्कता तह भन्दा तलै रहने देखिन्छ।

भोलि(सोमबार) देशैभरका प्रमुख तथा मझौला नदीहरुमा बहाब सतर्कता तहभन्दा तलै हुने र घट्दो क्रममा रहने देखिन्छ तथापि देशैभरको चुरे र मध्य पहाडी क्षेत्रबाट बहने स-साना खोलानालाहरुमा आकस्मिक बहाबको न्युन सम्भावना भने कायम नै हुने उल्लेख छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ