arrow

नेपालमा आउने वर्षा मेडागस्टरको समुद्रबाट उत्पत्ती

मौसमवीद्हरु भन्छन, मनुसुन विस्तारै कमजोर हुँदै छ

logo
प्रकाशित २०७६ असार २९ आइतबार
rainfall-cycle.jpg

काठमाडौं। काठमाडौं लगायत देशभर गत विहीबार रातीदेखि निरन्तर वर्षा भइरहेको छ। तर यो वर्षा काहाँबाट उत्पत्ती हुन्छ, यसबारेमा धेरैलाई थाहाँ नहुन सक्छ। धेरैले अनुमान गर्छन, नेपाल आउने वर्षा वगांलको खाडीबाट आउने गर्छ। तर वर्षाको उत्पत्ती भने बगांलको खाडीबाट हुँदैन।

मौसमवीद् मिनकुमार अर्यालका अनुसार मेडागस्टरको समुद्रबाट नेपालमा आउने वर्षाको उत्पत्ती हुन्छ। त्यसपछि बगांलको खाडी हुँदै नेपालमा वर्षा आउछ। मौसमवीद्का अनुसार न्युन चापीय रेखा दक्षिणबाट उत्तर-नेपाल तीर आउँदा नेपालमा वर्षा सक्रिय हुन्छ।

नेपालमा बगांलको खाडीबाट जलवाषयुक्त हावा आउछ। त्यसमा न्युन चापीय रेखाहरु बनेपछि वर्षा सुरु हुन्छ। महाशाखाका अनुसार हाल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भू-भागमा अवस्थित छ। बगांलको खाडीबाट आएको जलवाषयुक्त हावामा न्युन चापीय रेखा बने पछि वर्षा सुरु हुने मौसमवी्दहरूले बताएका छन्।

मनसुन विस्तारै कमजोर हुँदै छ : मौसमवीद्
मौसमवीद्हरूले आइतबारसम्म मनसुनी गतिविधि सामान्य सक्रिय रहे पनि मनसुन विस्तारै कमजोर हुँदै जाने अनुमान गरेका छन्। मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुन अहिले न्यून चापिय रेखा नेपालको तराई भूभागमा अवस्थित छ।

महाशाखाका अनुसार हाल देशका पुर्वी र पश्चिमी तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ। आईतबार देशभर सामान्य देखि पुर्ण वदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। आइतबार राती देशभर पूर्णवदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ।

देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक-दुई स्थानमा भारी वर्षा  हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार देशभर सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरी मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

मंगलबार देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भूभागको एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। जसबाट पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र तराइमा सामान्य पानि को वहाव रहि रहन्छ।

महाशाखाले अझै पनि सामान्य सतर्कता अपनाउनु सुझाव दिएको छ। सोमबारदेखि भने मनसुन कमजोर हुँदै जाने मौसमवीद्हरुको भनाइ छ। महाशाखाले आइतबार विहान निकालेको बुलेटिनमा पछिल्लो २४ घण्टामा काठमाडौंमा १ मिलिमिटरमात्र वर्षा भयो।  शनिबार भने ४० मिलिमिटर वर्षा भएको महाशाखाको रेकर्डमा जनाइएको छ। शुक्रबार काठमाडौंमा १ सय १५ दशमलब २ मिलिमिटर वर्षा भएको थियो।

हालसम्म काठमाडौंमा सबैभन्दा बढी वर्षा सन् २००२को जुलाई २३ मा भएको थियो। उक्त दिन काठमाडौंमा १सय ७७ मिलिमिटर वर्षा भएको थियो। मौसमवी्दका अनुसार साधारणतया जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ।

उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ। सामान्यतया करिब ३० वर्षलाई औसत वर्षा भनिन्छ। यसैगरी सरदर वर्षाको ९० प्रतिशत देखि १सय १० प्रतिशत सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ। सामान्य वर्षाभन्दा कम भएमा न्युन र बढि वर्षा भएमा अधिक वर्षा भएको मनिन्छ।

यस वर्ष जुन महिनामा औसत वर्षा भन्दा झण्डै झण्डै आधा कम वर्षा भयो। महाशाखा अनुसार जुन महिनामा औसत वर्षा २सय ३६ दशमलब ३ मिलिमिटर वर्षा  हुनु पर्नेमा यस वर्ष जुनमा झण्डै आधा कम १सय २५ दशमलब ५मिलिमिटर वर्षा भयो। जुलाई महिनामा औसत वर्षा ३सय ६३ दशमलब ४ हुनुपर्ने महाशखाको भनाइ छ। 

मौसमवीद्हरुका अनुसार सामान्यता नेपालमा  मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ। यो सिद्धान्त लागु भएको भए यसपटक गत वर्ष जेठ २७बाटै नेपालमा मनसुन सुरु हुनु पथ्र्यो। तर त्यस्तो नभइ १० दिन पछि मात्र मनसुन सुरु भयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ