arrow

आईसीसी क्रिकेट वर्ल्ड कपमा ओपोको खेलो

logo
प्रकाशित २०७६ असार ३० सोमबार
oppo-worldcup.jpg

लन्डन । ओपो द ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट वर्ल्ड कप २०१९ र द च्याम्पियनशिप्स, विम्बलडन २०१९ कर्यक्रमको प्रायोजक बनेको थियो । अल इङ्गल्याण्ड लन टेनिस क्लब (एईएलटीसी)संगको फलदायी दिर्घकालिन सहकार्यको  तथा आईसीसी संगको सहकार्य मार्फत स्पोर्ट्स मार्केटिङमा ओपो लागेको छ । यी दुबै सहकार्यलाई स्मार्ट उपकरण कम्पनीमा फाइदा पुग्नेछ ।

साथै, कम्पनीको च्याम्पियनशिप्स, विम्बलडन संगको दिर्घकालिन लक्षित सहकार्यले विश्वभरका यूवा जमातलाई उत्कृष्टता हात पार्न अभिप्रेरित गरिरहेको छ । आईसीसी, रोल्याण्ड–गार्रोस र विम्बल्डनका साथमा ओपोसंग अहिले स्पोन्सरशिप प्रपर्टिजको लोभलाग्दो पोर्टफोलियो रहेको छ ।

पहिलो पटक ओपो आईसीसीको ग्लोबल पार्टनर बने लगतै कम्पनीले रोल्यान्ड गार्रोस र द च्याम्पियनशिप्स, विम्बलडनसंग समेत रणनीतिक साझेदारी स्थापित गरेको थियो । ब्राण्ड अन्तरराष्ट्रियकरण र स्थानियकरणको सम्मिश्रण मार्फत ग्लोकल पहलहरु वैश्विकरण रणनीति मार्फत कार्यान्वयनमा पनि यसले सघाएको छ । यी प्रायोजनको प्रमुख उद्देश्य विश्वभरका टेनिस तथा क्रिकेटप्रेमीसंगको सफल ब्राण्ड अन्तरक्रिया हो ।

वैश्विकरुपमै विम्बलडनका लागि पहिलो स्मार्टफोन र एकल एसियन आपूर्तिकर्ताका रुपमा ओपोले एईएलटीसी संग अप्रिलमा ५ बर्षका लागि पार्टनरशिप सम्झौता गरिसकेको छ । यसका साथै, ओपो दिर्घकालिन पार्टनर्स रोलेक्स, ज्यागुआर, स्लाजेङग लगायतको सुचिमा समाहित भएको छ । यो सम्झौता संगै ईतिहासमै पहिलो पटक ब्यवसायिक रुपमा विम्बलडन स्मार्टफोन, ओपो रेनो ५जी मार्फत खिचिएको छ ।

विम्बलडनका लागि चलिरहेको चर्चा विच ओपोले आफ्नो एस द शट क्याम्पेन सञ्चालन गरेको थियो ।

ओपो ईन्टरनेशनल विजनेसका मार्केटिङ डिरेक्टर, डेरेक सनले भने, “ विम्बलडन संगको सहकार्यमा विश्वभर रहेका टेनिस अन्तर्गका उदयिमान प्रतिभाको प्रोत्साहनका लागि सहकार्य गर्न पाउनु निकै गौरवको विषय हो । नवप्रर्बतन र विकास मार्फत अमूल्य पललाई उत्कृष्ट तवरमा खिच्ने क्षमता सहितका स्मार्टफोन निर्माणका लागि ओपो सदैव तत्पर रहने गर्छ । हामीले तिनको सफलता तस्विरका रुपमा कैद गर्दै टेनिसको अभूतपूर्व ईतिहास र रोमाञ्चक भविस्य रेकर्ड गर्न सघाउँदै जाने क्रममा आउने पूस्ताको हौसला बढाउँदै तिनलाई तिनको सपना साकार पार्ने कार्यमा सघाउने हाम्रो आशा र प्रयास रहनेछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ