arrow

भारतको चन्द्रयान - २ चार दिनमा नपठाए ३ महिना हुँदैन लन्च, यसरी हुँदैछ समस्याको पहिचान

logo
प्रकाशित २०७६ असार ३० सोमबार
chandrayan.jpeg

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले प्रक्षेपण गर्ने तयारी गरेको चन्द्रयान २ मिसन काउन्टडाउनको ५६ औं मिनेटमा रोकिएको छ । लन्चिङ्ग गर्नेसमयमा प्राविधिक समस्या देखाएर यो लन्च रोकिएको हो । लन्चभन्दा ५६.२४ मिनेट पहिले चन्द्रयान-२ को काउण्टडाउन रोकिएको हो । १५ जुलाईको दिउँसो २ बजेर ५१ मिनेटमा चन्द्रयान-२ लाई देशको सबैभन्दा ताकतबर रकेटको रुपमा उल्लेख गरिएको छ । यसमा भारतका अलावा अमेरिका, इजरायल जस्ता देशले समेत प्राविधिक सहयोग गरेका थिए । 

भारतीय सञ्चारमाध्यमहरुमा आएका समाचारहरुका आधारमा हेर्दा क्रायोजेनिक इन्जिन र चन्द्रयान-२लाई जोड्नेवाला लन्च व्हीकलमा समस्या आएपछि काउन्टडाउन रोकिएको थियो । त्यसैकारण लन्चलाई तत्कालको लागि रोकिएको हो । लन्च रोकेपछि वैज्ञानिकहरु यसमा रहेको समस्या पहिचान गर्ने प्रयासमा लागिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यदि अबको ४ दिनमा यसको समस्या पहिचान गरेर रकेट लन्च नगरेको खण्डमा चन्द्रयान-२ लाई ४ महिनासम्म लन्च गर्न सकिनेछैन । ४ दिनमा यदि लन्च नगर्ने हो भने त्यसमा प्रयोग गरिएका इन्धन लगायतका विभिन्न सामग्रीहरु परिवर्तन गर्नुपर्ने र भने अनुसारको समय समेत नमिल्ने भएकोले ९० दिन अघि लन्चको सम्भावना नरहेको बताइएको छ ।

इसरोका एक अधिकारीको हवाला दिँदै भारतको आजतकले उल्लेख गरेको छ कि समस्या रकेट या चन्द्रयान-२ मा होइन । जुन समस्या देखिएको छ त्यो जीएसएलवी-एमके ३ को क्रायोजेनिक इन्जिन र चन्द्रयान-२ लाई जोड्ने वाला लन्च व्हीकलमा हो । प्राथमिक जाँचमा लन्च व्हीकलमा प्रेशर लीकको कमि देखिएको छ । यसको लागि अब रकेटको सबै हिस्सा अलग अलग गरेर जाँच गर्ने गरिन्छ । चन्द्रयान-२ अहिले जुन हालतमा छ । उसलाई सोही स्थितिमा सुरक्षित राखिनेछ । रकेटलाई अलग गरेर जाँच गर्नको लागि केही समय लाग्नेछ । 

यो रकेट बनाउनको लागि के के गरिन्छ ?
१. सबैभन्दा पहिले यो रकेटबाट ईंधन खाली गराइन्छ । 

इसरोका  वैज्ञानिकहरुलाई सबैभन्दा चुनौतीको काम भनेको जीएसएलवी रकेटको सबै चरणबाट ईन्धन निकाल्नु हो । यो काम सबैभन्दा पहिले गरिन्छ । यसलाई डिफ्यूलिङ्ग भनिन्छ । यो प्रक्रिया जटिल र खतरनाक हुन्छ । तर, इसरो वैज्ञानिकहरुले यस भन्दा पहिले पनि यस्तो काम गरिसकेका छन् । त्यसैले यो उनीहरुको लागि कमै चुनौतीपूर्ण मान्ने गरिएको छ । यसमा बूस्टर्स, पहिलो स्टेज, दोस्रो स्टेज र क्रायोजेनिक इन्जिन सबै सामेल हुन्छ । यी सबैमा भरिएको ईन्धन निकालिन्छ । यसमा सबैभन्दा धेरै महत्वपूर्ण क्रायोजेनिक इन्जिनबाट निकाल्नेवाला लिक्विड अक्सिजन र हाइड्रोजन हो. किनकी यसलाई माइनस १५६ डिग्री सेल्सियसमा राख्नु पर्दछ । किनकी, रकेट खुला आकाशको तल हुन्छ । जसका कारण तापमान कम-ज्यादा भइरहन्छ त्यसैले पनि ज्वलनशील ईन्धनलाई पहिले खाली गराउनु पर्छ । 

२. रकेटलाई चन्द्रयान-२ सँग अलग गराइन्छ । 
ईन्धन निकालेपछि सबैभन्दा पहिलो जीएसएलवी-एमके ३ रकेटलाई चन्द्रयान-२ बाट अलग गराउनु पर्दछ । यस प्रक्रियालाई रकेट डीस्टेकिङ्ग भनिन्छ । ताकि पूरै चन्द्रमा मिशनलाई राम्रोसँग जाँच गर्न सकियोस् । 

३. फेरि बनाइन्छ एनालाइसिस कमिटी़, जसले मूल समस्या पहिचान गर्दछ । 

त्यसपछि चन्द्रयान-२ को समस्या पहिचान गर्नको लागि इसरोका विभिन्न सेन्टर्सका वैज्ञानिकहरुको एक समीक्षा समूह बनाइन्छ । यो टीमले पूरा जीएसएलवी रकेट र लन्च व्हीकललाई जाँच गर्नेछ । 

४. त्यसपछि चन्द्रयान प्रक्षेपणको नयाँ मिति तय हुनेछ । 
यसरी सबै काम सकिएपछि इसरोले नै नयाँ मिति तोकेर लन्चको समय निर्धारण गर्नेछ । यसको लागि २० घण्टा अघिदेखि काउन्टडाउन गर्ने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ