arrow

बोतल कप च्यालेन्ज पूरा गरेपछि आलोचित भए सलमान, युजरले भने– यी कस्ता मुसलमान हुन् ?

logo
प्रकाशित २०७६ असार ३० सोमबार

काठमाडौं ।  भारतीय अभिनेता सलमान खानले बोतल कप च्यालेन्ज पूरा गर्दै रमाइलो पारामा पानी बचाउने सन्देश दिएका छन् । तर, सलमानले पूरा गरेको यो चुनौतीलाई लिएर ट्रोल बनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले शेयर गरेको भिडियोमा सलमान एक जिममा विना सर्ट देखिन्छन् । उनले राउण्ड किकबाट बोतलको बिर्को खोल्ने पोज बनाउँछन् तर पछि उनले फुकेर बिर्को खोल्छन् र ईश्वरलाई सम्झिँदै पानी ‘पानी बचाऊ’ भन्छन् । त्यसपछि उनले पानी पिउँछन् ।

सलमानले यो चुनौती पूरा गर्ने क्रममा शुरुमा हात जोडे, फेरि हात फैलाए र अन्तिममा क्रम गर्दै भगवान्लाई याद गरे । केही मानिसलाई भने उनको यो कुरा मन परेन र उनीहरुले ट्रोल बनाउन शुरु गरे ।

एक प्रयोगकर्ताले सलमान खान मुसलमान भए पनि क्रिस्चियनको प्रक्रिया पूरा गरेकोमा आपत्ति जनाएका छन् । अर्को एक जनाले यिनी कस्ता मुस्लिम हुन् ? भन्दै व्यंग्य गरेका छन् ।

सलमानभन्दा अगाडि पनि यो चुनौती धेरै भारतीय स्टारले पूरा गरिसकेका छन् । अक्षयकुमारपछि टाइगर श्राफले आँखामा पट्टी बाँधेर यो चुनौती पूरा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ