arrow

पूर्वी पहाडि जिल्लाका नागरिक तराईका महँगा अस्पतालमा पुग्नुपर्ने वाध्यता 

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असार ३१ मंगलबार
mechi-hamrakura.jpg

पाँचथर। दरवन्दी अनुसारका डाक्टर अस्पतालमा नआउँदा पूर्वी पहाडि जिल्लाका वासिन्दा तराईका महँगा अस्पतालमा पुग्नुपर्ने वाध्यता रहेको छ। पहाडी जिल्लामा रहेका अस्पतालमा विशेषज्ञ सेवाको अभाव हुँदा तराईका अस्पतालको भर पर्नुपरेको हो।

पहाडी जिल्लाका अस्पतालमा औजार, प्रविधि र अन्य भौतिक पूर्वाधारको पनि अभाव छ। ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रमा सामान्य रोगको मात्रै उपचार पाइन्छ। जिल्ला अस्प्तालप्रति सेवाग्राहीको विश्वास हराउँदै गएको छ। सरकारले पाँचथर जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र हेल्थपोस्टमा ४० किसिमका औषधि निःशुल्क वितरण गर्ने भने पनि पर्याप्त पाइँदैनन्।

ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच कम छ। जिल्ला अस्पतालहरु रेफर गर्ने ठाउँ बनेका छन्। ‘सामान्य उपचारका लागि पनि तराईका महँगा अस्पतालमा पुग्नुपर्ने बाध्यता छ।

पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा लगायतका जिल्लामा रहेका सरकारी अस्पतालबाट सामान्यबाहेक सेवा लिन सक्ने अवस्था छैन। वर्षा सुरु भएसँगै ग्रामीण क्षेत्रमा यातायात प्रभावित हुँदा उपचारका लागि निकै कठिनाइ बेहोर्नुपर्ने बाध्यता छ।

इलाममा रहेको ५० शैयाको अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव छ। ‘आठजना विशेषज्ञ हुनुपर्नेमा इलाम अस्पतालमा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराईका सेवाग्राही पनि पुग्छन्। सरकारले निःशुल्क दिने भनेको औषधसमेत अभाव हुने गरेको रायमाझीले सुनाए। ‘प्रदेशले औषधि खरिद गर्न ४ लाख रुपैयाँ दिएको थियो।

सामान्य प्रकृतिको बाहेक अन्य रोगको उपचार गर्न नसकिने अवस्था रहेको पाँचथर अस्पतालका सूचना अधिकारी नारायण जोशी बताउँछन्। अस्पतालमा डेन्टिससहित ६ जना डाक्टर छन्। मेडिकल सुपरिटेन्डेन्ट डा. बुद्धिबहादुर थापा जिल्लाबाहिर भएका बेला अपरेसनबाट सुत्केरी गराउने काम हुन सक्दैन। गम्भीर खालका समस्यामा उपचार खोज्न जिल्लाबाहिर जानुपर्ने अवस्था रहेको जोशी बताउँछन्।

ताप्लेजुङ र तेह्रथुमका जिल्ला अस्पताल मेडिकल अफिसरको भरमा सञ्चालित छन्। दुवै अस्पतालमा डिजिटल एक्सरेलगायतको अभाव छ। असामान्य प्रकृतिको बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको ताप्लेजुङ अस्पतालका निमित्त प्रमुख मेडिकल अफिसर सोनिम लामा बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ