arrow

दूर्घटनाले आजित भएपछि भारतको केन्द्रीय रेल्वे भगवानको शरणमा

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
chhatrapati-shivaji-terminus-entrance.jpg

काठमाडौं । धेरै दूर्घटना भएपछि भारतीय रेल्वेले भगवानको शरण खोजेको छ । केही हप्तादेखि निरन्तर भईरहेको दूर्घटनाबाट आजित भएको भारतीय केन्द्रीय रेल्वे अब भगवानको शरणमा पुगेको हो । सेन्ट्रल रेलवेको मुम्बई डिभिजनले छत्रपति शिवाजी महाराज टर्मिनसमा नवग्रह पूजाको आयोजना गरेको भेटिएको छ । दुई घण्टासम्म चलेको सो पूजा ग्रहको दुष्‍प्रभावलाई कम गर्नको लागि भनेर गरिएको थियो । यस पूजा गराउने पंडित सुनील शास्‍त्री पछिल्लो ९ वर्षदेखि वडालामा रहनेगरेका थिए । उनले अमेठीको श्रीमद् परमहंस आश्रम संस्‍कृत महाविद्यालयबाट आचार्यको उपाधि प्राप्त गरेका थिए । 

सुनील शास्‍त्रीले यस पूजाको बारेमा बताउँदै भने, ुशुक्रवार साँझ मलाई रेलवे स्टेसनका एक उच्च अधिकारीको फोन आयो । उनले मलाई शनिबार नवग्रहको पूजा गराउनको लागि प्रस्ताव गरे । यो पूजा उग्र ग्रहको शान्तिको लागि गरिएको थियो । ताकि उनको दुष्‍प्रभाव कम होस् ।ु 

पछिल्लो एक महिनादेखि बढ्दै थियो दूर्घटना
रेल्वेका अधिकारीहरुका अनुसार पछिल्लो एक महिनादेखि केन्द्रीय रेल्वे स्टेसनका अधिकारीहरु एकदमै तनावमा थिए । एक महिनादेखि बढिरहेको दूर्घटना रोक्नको लागि अरु धेरै उपायहरु अपनाउदापनि उनीहरुको समस्या समाधान भएको थिएन । जुनदेखि अहिलेसम्मको ७ वटा ठूला दूर्घटनाका घटनाहरु घटेको थियो । 

यद्यपि सीपीआरओ सुनील उदासीले नवग्रह पूजाको आयोजना नगरिएको बताए । उनले त्यहाँ कुनै विशेष पूजा नभएको भन्दै कर्मचारीहरुले कुनै पूजा गराएको हुनसक्ने बताए । स्टेसनले हरेक वर्ष त्यहाँ पूजा गराउने गरेको कुरालाई भने उनले स्वीकारेका छन् । 
एजेन्सीको सहयोगमा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ