arrow

५३ प्रतिशत मानिस अन्तरिक्षको भ्रमण गर्न चाहन्छन् 

logo
एजेन्सी
प्रकाशित २०७६ असार ३१ मंगलबार

काठमाडौं । विश्वका झण्डै ५३ प्रतिशत मानिसले अन्तरिक्षको भ्रमण गर्न चाहेको एक सर्वेक्षणले देखाएको छ । एपोलो रकेट चन्द्रमा पुगेको ५० वर्षको अवसरमा सार्वजनिक गरिएको सर्वेक्षणले यस्तो देखाएको हो । 

अन्तरिक्षको अध्ययनबारे अध्ययन गर्ने संस्था आईईईईले सार्वजनिक गरेको सर्वेक्षणमा ८० प्रतिशतले अन्तरिक्षमा रकेटबाट मानिस सुरक्षित हुने बताएका थिए । सर्वेक्षणमा सहभागीले आगामी दशकमा अन्तरिक्ष यात्राको असर औषधि, यातायात, कम्प्युटर प्रविधि र वातावरणीय स्रोतमा पर्नसक्ने बताइएका छन् । 

पहिलो एपोलो ११ रकेट ४ ओटा कम्प्युटरमा निर्भर थियो । उक्त मिसनको लागि प्रयोग गरिएको कम्प्युटरको तुलनामा अहिलेको स्मार्टफोन धेरै पावरफुल छ । 
सर्वेक्षणमा सहभागीले चन्द्रमामा पुगेर घरमा भिडियो कल गरेर कुरा गर्ने चाहना रहेको बताएका थिए । 

यो सर्वेक्षणमा झण्डै ४ सय जना मानिस सहभागी थिए । यो सर्वेक्षण जनवरी ८ देखि ११ को बीचमा गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ